भुकम्पका कारण दुवै खुट्टा घुमाएका रमेशले भने, ‘भुकम्पपछि मैले धेरै प्राप्त गरेको छु’



काठमाडौं । ‘त्यतीबेला लाग्थ्यो सबै लुटियो । म बर्बाद भए । अब कुजिएर बस्नुपर्छ ।’ भुकम्पमा दुवै खुट्टा घुमाएका दैखेलका रमेश खत्रीले भने, ‘तर त्यस्तो छैन, भुकम्प पछि मैले धेरै प्राप्त गरेको छु ।’

एक टेलिभिजनको शो ‘बुगी उगी’मा उनको प्रस्तुती हेरेपछि हामीले उनलाई पछ्याउँदै बिआइए फाउण्डेसनमै पुग्यौ । अतिथी गेष्टको रुपमा ‘बुगी उगी’ले उनलाई आफ्नो प्रस्तुती देखाउनको लागि स्टेज उपलब्ध गराएको थियो ।हामी पुग्दा उनी आछ्यानमै थिए । उनी महान् वैज्ञानिक ‘स्टिफन हकिङ’ को जीवनी पढ्दै थिए । उनले पत्रकार विजय कुमार पाण्डेको जीवनमा आधारित किताब ‘खुसी’ पनि सँगसँगै पढ्दैछन् । जसले गर्दा उनलाई शारीरिक रुपमा अशक्त भएपनि केही नयाँ गर्ने आत्मबल बढेको छ ।

२०७२ सालको बैशाख १२ गते, मध्यान्हको १२ बज्नै लागेको समय । बालाजुस्थित आठ तले गेष्ट हाउस अनि त्यो कहाली लाग्दो गोरखा भुकम्प । २० वर्षका रमेश खत्रीले कहिल्यै बिर्सदैनन् ।

त्यही दिन बिहान रमेश खत्रीले रत्नपार्कमा सपिङ्ग गरेका थिए । गाउकै साथीसँग मिलेर आफ्नै खुट्टाको साहारामा काठमाडौंको रत्नपामा उनले सपिङ्ग गरे । सपिङ्ग सकेर उनि आफु कार्यरत गेष्ट हाउस पुगे । उनी गेष्ट हाउसको दोस्रो तलमा बसेर खाना खान थाले । त्यही दिन, जुन दिन सारा नेपाली रोएका थिए ।

हो त्यही दिन उनको घर जाने योजना थियो । घर जाने योजना बनेपछि आमा, बुबा, भाई बहिनि र आफ्नो लागि पनि किनमेल गर्न उनि रत्नपार्क गएका थिए । घरको जेठो छोरो । कमाउन काठमाडौं आएका थिए । ठूलो जिम्मेवारी थियो उनीमाथी । दिउँसो ४ बजे काठामाडौंबाट दैखेलका लागि गाडी चढ्ने मनस्थितीमा थिए रमेश । तर दुनियाँले नसोचेको त्यतीबेला भईदियो । जतिबेला उनले मुखमा पहिलो गास मात्रै के हालेका थिए ।
भर्खरको १७ वर्षको उमेर थियो उनको ।

मध्यपश्चिम दैखेलबाट मुलुकको राजधानी काठमाडौंमा अवसरको खोजीका लागि उनी काठमाडौं हानिएका थिए । दैखेलबाट काठमाडौंसम्म साथ दिएका उनका दुई खुट्टाले २०७२ वैशाख १२ गतेपछि भने साथ दिन छोडे । उनलाई अहिले ह्विल चियरको साहारा मिलेको छ ।

‘म खाना खाँदै थिए त्यतीनै बेला भुकम्प गयो’ उनी त्यो कहाली लाग्दो दिनलाई सम्झदै भने, ‘त्यसपछि भ¥याङबाट लडेर पहिलो तलामा आइपुगेको याद छ ।’ त्यसपछि उनी केही समय बेहोस भएका थिए रे । केहिबेरमा उनको होस खुल्यो जतिबेला उनि कार्यरत ८ तले गेष्ट हाउस ढलीसकेको थियो ।

उनका दुवै खुट्टा च्यापिएका थिए । रोई कराई गर्दै उनलाई त्यहाँबाट उद्धार गरियो, अस्पताल लगियो । त्यही गेष्ट हाउसमा ३० जना भन्दा बढीको एकै ठाउँमा मृत्यु भयो । उनलाई भाग्यले बचायो ।

तर उनका दुवै खुट्टाले साथ छोडे । अहिले रमेश कृतिम खुट्टा र ह्विल चियको साहारामा जिन्दगीका पानाहरु पल्टाइरहेका छन् । उनी अहिले काठमाडौंको जोरपाटीमा रहेको सामाजिक सस्था बिआइए फाउण्डेसनको साहारामा छन् । गोरखा भुकम्पपछि उनले जीवनमा धेरै थोक गुमाए तर केही प्राप्त पनि गरेका छन् ।

बिआइए फाउण्डेशनले उनी लगायत अरु दुई जनाको लागि भन्दै एउटा सुत्ने कोठा उपलब्ध गराएको छ । अरु दुई जना पनि उनि जस्तै शारीरिक रुपमा अशक्त छन् । तीन जना एउटा कोठामा बस्छन् । रमेश सुत्ने ओछ्यानमाथी थुप्रै बिधाका मेडल झुण्डिएका छन् । बिआइएको प्रवेशद्धारमै पनि निकै आकर्षक रुपमा सजाएर राखिएका शिल्ड तथा ट्रफीमा रमेशको महत्वपुर्ण योगदान छ ।

२०७२ को भुकम्पपछि रमेशले आफ्नो २ खुट्टा गुमाए तर यति धेरै सम्मान आर्जन गरेका छन् । आज रमेशललाई धेरैले चिन्छन् । उनिहरुभित्रको अद्भुत कलाले सबैलाइ दंग बनाउँछ । हो त्यही हो रमेशको खुट्टाको बदलामा कमाएको सम्मान अनि सन्तुष्टि । पहिले उनले पढ्दैनथ्ये । तर अहिले भने पढ्न थालेका छन् ।

हामी पुगेपछि उनले आफ्नो नित्यकर्म सम्पन्न गरे । त्यसपछि हामीलाई अघि लगाएर उनी स्विमिङ्ग पुल लागे । सुन्दा अनौठो लाग्यो । दुवै खुट्टा छैन । तर उनि उत्सहका साथ ह्विल चियरको साहारामा हामीलाई सँगै लिएर स्विमिङ्ग पुल लागेका थिए । तर स्विमिङ्ग पुल पुग्दा सोचेभन्दा फरक दृश्य देखियो । अरु सपाङ्ग भन्दा निकै कुशलता पुर्वक उनले पौडी खेलका थिए ।

पौडी खेलेरै पनि उनले भुकम्पले दिएको जीवनमा धेरै उपाधी जितेका छन् । अझ राम्रो गर्ने सोचमा उनी छन् । स्विमिङ्ग पछि हामी फेरी उनले नियमित रुपमा नृत्य गर्ने हल तर्फ लाग्यौ । अनि उनले ह्विल चियरलाई साथमा लिएर आफुभित्र लुकेका थप कलाका देखाउन थाले । हाम्रो क्यामेराले निरन्तर कैद गरिरह्यो ।

Comments