
डाक्टर गोविन्द केसीको पक्षमा उभिएर अभिव्यक्ति दिने पुर्वप्रधानन्यायाधीश शुशिला कार्कीलाई नेकपाका नेत्री नविना लामाले यस्तो प्रतिक्रिया दिएकी छिन । उनको भनाई जस्ताको त्यस्तै :
‘तत्कालीन समाननिय प्रधान न्यायाधीश श्री शुशिला कार्की ज्यु !!एउटा महिला देशको सर्बोच्च पदमा पुग्द खुशी र गर्व लाग्ने मान्छे म !!! देशको प्रधानमन्त्री , मन्त्री कति पढेको हुनु पर्छ ? किन पड़न पाएनन ? कति वष जेल बसीयो ? भनेर कानुनको कुन धारामा लेखेको छ त्यो कुरा हजुरलाई थाहा नै होला कहाँ कस्तो सम्बोधन गर्ने यो बिषयमा पनि हजुर जति जानकार हामी छैनौ देशभित्रका ब्यथिती शिक्षा स्वास्थ लागयतका मुद्दामा आमूल परिवर्तन अनिवार्य छ भनेर हामी आज भन्दा लामो बर्ष अघिदेखि आन्दोलन गर्दै आएका छौ तपाई जतिको मानिसले जनतालाइ आगो बाल्न सडकमा आउनुस भन्ने कुरा कदापी उचित हुनसक्दैन एउटा रास्ट्रभित्र गुणस्तरीय शिक्षा दिन्छु भन्ने कुरा पनि नराम्रो होइन बरु तेस्को ब्यबस्थापन पक्ष उपयुक्त हुन्छ !!!
सबै मिडिकल क्षेत्रलाइ रास्ट्रयकरण गरौ भनेर किन भन्न नस्क्ने ?? प्रत्येक प्रदेशमा एउटा आधुनिक सरकारी अस्पताल तुरुता कार्योंन गर ??? शिक्षमा व्वपरीक़रणको विरोध किन बिल्दैन ??? तपाई सम्मानित गरिमा बोकेको संस्थाको सर्बोच्च पदमा पुगेको मान्छे एउटा ब्याक्ती अथवा तपाईलाई महाअभियोग लगाउने पार्टीको समर्थनमा सडकमा निस्किएर सस्तो लोकप्रीय त होइन ??? तपाई उक्त पदमा हुदा कति जना माफिया दलालहरुलाई कानुनको कठघरामा उभ्याउन सक्नु भयो शिक्षा स्वास्थ खानेपानी पुर्वाधार बिकासमा भएका हाल सम्मका घटना का कति जना दोशिलाइ कार्वाहीको दायरा ल्याउनु भयो ??? तेस्को पनि विवरण जान्न चाहान्छु ।
यो मैले कुनै सदन वा सरकारको बचाउका लागि बोलेको कुरा होइन यो सडकबाट एउटा बिद्यार्थी नेताको हैसियतले तपाईलाई अनुरोध छ बरु परिस्थितिलाई सहजता तर्फ लैजान सहजकर्ताको भुमिका निर्वाह गर्नुको साटो सडकबाट उत्तेजना फैलाउने कार्य कदापी राम्रो हुन सक्दैन श्रीमान ???’
साभार: sajhapage
Comments
Post a Comment