आफ्नो जीवनसाथीबाट यस्तो अपेक्षा राख्छन् पुरुष



भनिन्छ, पति पत्नी भएका एक सिक्काका दुई पाटा हुन्। जब पती पत्नीबीच प्रेम बढ्छ तब घरमा सुख समृद्धि आउने गर्दछ। विवाहपछि पुरुषले आफ्नो जीवनसाथी सहयोगी र बुझ्ने खालको होओस् भन्ने चाहना राख्छन्। पुरुषको नजरमा कसरी राम्रो बन्न सकिन्छ भन्ने बारे आज हामी केही कुराको जानकारी दिदैछौँ। जसरी नै एक महिलाले आफ्नो पतिमा केही गुण देख्न चाहन्छन्, त्यसरी नै पुरुषले पनि आफ्नो जीवन साथीका केही गुण होओस् भन्ने चाहना राख्दछन्। दुबैका चाहना पुरा भएभए मात्र जीवन सुखी र सद्भावपूर्ण हुने गर्दछ।

पुरुषले महिलाबाट यी कुराको अपेक्षा राख्छन्

अरुको समेत ध्यान राखोस्

केही महिला आफ्नो श्रीमान्लाई त अपनाउन सक्षम हुन्छन्, तर उसको परिवारलाई भने अपनाउन सक्दैनन् । जबकी कुनै पनि महिला विवाह पश्चात्त एउटा श्रीमती मात्र हुदैन । कसैको बुहारी त कसैको भाउजु पनि हुन्छे । त्यसैले पनि प्राय जसो पुरुष आˆनो श्रीमतिबाट यही अपेक्षा राख्छन् कि उसले आफूलाई मात्र नभएर आˆनो परिवारका सदस्यलाई पनि पूर्णतया अपनाओस् ।

समझदार तथा जिम्मेवार होस्

हरेक पुरुषको चाहना हुन्छ, उसको श्रीमति समझदार हुनुका साथै जिम्मेवार होस् । घर परिवारको जिम्मेवारी राम्ररी निभाओस्। र, सानो सानो कुरालाई लिएर पनि ठूलो इस्यु नबनाओस् । साथै, सफा मनको होस् । र, परिवारलाई मिठो मिठो खानेकुरा बनाएर ख्वाउने मिठो कुक होओस् । र घरको हेरचाह राम्ररी गरोस्।

नभनीकनै सबैकुरा बुझोस्
हरेक पुरुषको इच्छा हुन्छ, उसको पत्नी यस्तो होस् , जो बोल्दै नबोली पनि उसको मनको हरेक कुरा बुझ्न सकोस्।

आवश्यक्ता परेको बेला परिवारको आड बनोस्
हरेक श्रीमान्, यस्तो श्रीमतिको कल्पना गर्छन्, जो आवश्यक्ता परेको बेला परिवारको आड तथा भरोसा बन्न सकोस्। परिवारलाई एक बनाउन सकोस्। परिवारको मुठ्ठी बनोस्।

Comments