
सरकार र गोविन्द केसीको द्वन्द्वमा जनताले हार्ने निश्चित
काठमाडौं । १५ औँ चरणको आन्दोलनमा रहेका डाक्टर गोविन्द केसीको अनसन तेश्रो हप्ता पूरा गरेर चौँथो हप्ताको बाटोमा लागेको छ । सरकारले गठन गरेको बार्ता टोली र डाक्टर केसीका प्रतिनिधिबीच चरणबद्ध वार्ता सुरु भएको छ । तर वार्ताको माध्यमबाट ठोस उपलव्धि हुन सकेको छैन । डाक्टर केसीले उठाएको मुद्धा केवल शैक्षिक र व्यवसायीक मात्र बनिरहेको छैन पछिल्लो समय राजनीतिक आवरणको लेपमा लत्पदिँदै छ ।
२२ दिन अघिदेखि अनसनरत डा. गोविन्द केसीको पक्ष विपक्षमा जनमत विभाजित हुँदै गएको छ । शनिवार केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको थियो । सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी भएका थिए । प्रदर्शनमा उपस्थितहरुको तर्क आ–आफ्नै थियो र छ ।
डाक्टर गोविन्द केसीका समर्थक र सरकारका प्रितिनिधिबीचको जुहारी कम भएको छैन । विराटनगर पुगेका उपप्रधानमन्त्रस् तथा रक्षा मन्त्री इश्वर पोखरेल डाक्टर गोविन्द केसी माथि नै खनिए । कुन ठाउँमा मेडिकल कलेज खोल्न दिने नदिने निर्णय सरकारले गर्ने र सार्वभौम संसदमा बहस हुने सरकारी तर्कको हलन्त पनि हल्लिएको छैन् ।
प्रदर्शनकारी र सरकारी दुवै तर्फको अडान हेर्ने हो भने डाक्टर गोविन्द केसीको अनशन अझै कति दिन लम्बिने हो अनुमान गर्न सकिने छैन । सरकारले ल्याएको चिकित्सा शास्त्र विधेयक फिर्ता गर्नु पर्ने बटमलाइन बोकेर अनसनमा उत्रिएका केसी र जसरी पनि केसीलाई गलाउने रणनीति बोकेको सरकारबीच सेतुको काम कस्ले गर्छ भन्ने प्रश्न खडा भएको छ । मेरो गोरुको बाह्रै टक्का भने झै अवस्थामा उभिएका दुवै पक्षको अडानमा न डाक्टर गोविन्द केसीले जित्ने छन न सरकारले । तर प्रष्ट छ हार त केवल नेपाली जनताको हुने छ । सरकारी अस्पतालमा उपचार गर्न आएका निमुखा आवाजविहीन आम नागरिकको हुने छ । news24nepal
Comments
Post a Comment