बार्ता ढिलाई हुँदा डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुंदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । डा केसीले आफ्नो उपचार गराउन अस्विकार गर्दै आएका छन् । उनको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन्।
केसीले १५ औं आमरण अनशन सुरु गरेको बुधबार २६ दिन पुरा भएको छ । तर उनका माग बारेमा सरकारसंग वार्ता हुन सकिरहेको छैन । २–३ दिनमा अनशन रोकिएन भने डा। केसीलाई गुमाउनु पर्ने अवस्था आउन सक्ने उपचारमा संलग्न एक चिकित्सकले चेतावनी दिएका छन् ।
डा. केसीलाई बुधबार साँझसम्म तीनपटक बान्तासमेत भएको छ। मंगलबारदेखि नै मुटुको चालमा समेत गडबडी देखिएको छ। यो अवस्थामा पुगेको बिरामीलाई तुरुन्तै आईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।
Comments
Post a Comment