
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीविरुद्ध आज पनि आन्दोलनलाई जारी राख्ने भएको छ । सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सडक आन्दोलन चर्र्काएको कांग्रेसले भने आज काठमाडौंमा सरकारका क्रियाकलापलाई लिएर अन्तरक्रिया गर्ने भएको छ ।
यही साउन ३ गतेदेखि चरणबद्ध आन्दोलनलाई जारी राखेको कांग्रेसले आज सरकारका कार्यशैली तथा भएका निर्णय लगायतका विषयमा अन्तरक्रिया गर्न लागेको हो । सरकारको पछिल्लो गतिविधिको सदनमा चर्को विरोध गरिरहेको कांग्रेसले सडकबाट पनि विरोधलाई बुलन्द बनाउन आन्दोलनलाई जारी राखेको छ ।
आन्दोलनका मुख्य मुद्दा चिकित्सा शिक्षा विधेयक रहेको छ । सरकारले डा. गोविन्द केसीसँग भएको सम्झौता अनुसारको चिकित्सा विधेयक संसदमा नल्याएको विरोधमा कांग्रेसले संसद अवरोध गर्दै आएको छ।
Comments
Post a Comment