फुटपाथमा सस्तोमा कपडा बेचेर आफ्नो चिल्लो पसलको कपडा नबिकेपछी यसरी फालिदिए …



पवटी गाउँ स्थायी घर भई राजधानी तिर बस्दै आएका एक जना युवाले केही दिन देखि चरिकोट बजारको सातदोबाटो चोक आसपास फुटपाथमा रेडिमेड कपडा बेच्दै आएका रहेछन् दर्ता बिनै यति ठुलो मात्रामा फुटपाथमा सामान बेच्नु उनको गल्ती थियो त्यसलाई नियमन गरेर कार्बाही गर्न नसक्नु नगरपालिकाको कमजोरी हो तर शनिबार बिहान चरिकोट बजारका एक हुल फेन्सी व्यवसायीहरुको उक्साहटमा वडाध्यक्ष नविन लामा र दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीकै उपस्थितीमा ति युवाको सामान फालियो कपडाहरु हिलोमा चोपलीयो ।

मैले यो दृश्य कैद गर्दै गर्दा चरिकोटको फुटपाथ र सार्वजनिक स्थान अतिक्रमणका दृश्य सम्झींए यहाँनेर कपडा बेच्ने एक जना युवा र चरिकोट बजारका फेन्सी व्यवसायीको मात्र कुरा हैन फुटपाथ र सडक किनाराभरी असरल्ल पसलहरु छन् जिल्लाकै ठुला हाड्वयर व्यवसायीको पसलका सामान फुटपाथ सम्मै निकालिएका छन् बजार अस्तव्यस्त छ नक्सा पास नगरी बनाईएका संरचना हटाउने सुचना ४ चोटी निस्कीसक्यो तर कार्यान्वयन हुदैन् यि युवा बाहिरका थिए, बोल्न सकेनन्, यिनको सामान वडाध्यक्ष र उद्योग बाणिज्य संघको अध्यक्षकै उपस्थितीमा फालियो मापदण्ड बिपरितका संरचना बनाएर अनि फुटपाथ मिचेर बस्ने अरुले चाही छुट पाईरहेका छन् कहिले सम्म ??

साभार: tvnepaliko

Comments