कुसमको नयाँ तीज गीत ‘सङ्गीनी’ बजारमा (भिडियो सहित)

news

बुटवलमा रहेर केही बर्ष देखि निरन्तर गीत संगीतमा लागेकी गायिका कल्पाना पाण्डे(कुसुम)को चौथो तीज गीत संगीनी बजारमा आएको छ । यस भन्दा पहिला लेहङ्गा लगाउछु, शिवजीको दर्शन, रानी चरी बगर, लगायतका तीज गीत बजारमा आईसकेका छन् । यसको अलवा उनले आधुनिक गीत ‘मख्खै पर्यो भमरा फुलको डाली बसेर’ नामक गीत समेतब जारमा आईसकको छ । शिक्षण पेशमा संलग्न रहेकी कुसुमले चौथो एल्बमको रुपमा ल्याएको तीज गीत ‘सङ्गीनी ’ म्युजिक नेपालको आधिकारी युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ । जसमा चर्चित मोडल एवं पूर्व मिस नेपाल उषा खड्किको अभिनय रहेको यस एल्बममा मौलिकता, नेपाली महिलाहरूको पहिरन,भेषभुषालाई महत्वका साथमा देखाइएको छ ।

गायिका कुसुमले स्वर भरेको गीतको शब्द रचना राज कुमार बगरले गरेका छन् भने संगीत रोहित सुवेदी,दृश्य समायोजन उत्तम हुमागाइ तथा निर्देशन निकेश खड्काले गरेका छन्। एल्बमको बजार व्यबस्थापन पुष्पाजली म्युजिक कम्पनीले गरेको छ ।

Comments