साउन ४, काठमाण्डौ । २ श्रीमती बिहे गर्ने पुरुषलाई सरकारले सुबिधा दिने भएको छ । अविवाहित महिलाहरुको संख्या बढेसँगै सरकारले यो सुबिधा अपनाएको हो । नेपालमा भने २ श्रीमती बिहे गर्ने पुरुषलाई ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनेको छ । तर संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।
विवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।
अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिने अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।
Comments
Post a Comment