भगवान प्रतिको भक्ति हेर्नुस आफ्नै जिब्रो काटेर मन्दिरमा चढाइन् यी महिलाले



हिन्दु धर्मग्रन्धमा एकलब्यले गुरु द्रोणाचार्यलाई आफ्नो औँला काटेर गुरु दक्षिणा दिएको त सुनिएको थियो । तर एकलब्यलाई पछि पार्दै भारतकी एक महिलाले आफ्नो जिब्रो काटेर मन्दिरमा चढाएकी छिन् । भारतको मध्यप्रदेशमा यो घटना भएको हो । आफुलाई दुर्गा देवीकी भक्त दाबी गर्ने गुड्डी तोमार नामकी महिलाले गत बुधबार आफ्नो जिब्रो काटेर दुर्गा मन्दिरमा चढाएको प्रहरीले जनाएको छ ।

मध्यप्रदेशको तार्सामा गाउँमा रहेको बिजासेन माताको मन्दिरमा उनले आफ्नो जिब्रो काटेर चढाएकी हुन् । जिब्रो काटेर मन्दिरमा चढाएसँगै ती महिला बेहोस भएर लडेको बताइएको छ ।

त्यसपछि मन्दिरमा रहेका भक्तजनहरुले उनलाई त्यहाँबाट उठाएर स्थानीय अस्पतालमा पूराएका थिए । अस्पतालमा उनको उपचार भैरहेको छ । ती महिलाले भगवानप्रतिको विश्वास तथा आस्थाकै कारण स्वेच्छाले जिब्रो काटेको पुलिसले जनाएको छ । महिलाका पति रवी तोमारका अनुसार उनकी पत्नीले बिहे भएदेखि नै हरेक दिन बिहान र बेलुकी दुर्गा मन्दिरको दर्शन गर्ने गर्थिन् ।

श्रीमती दुर्गादेवीको भक्त रहेको र दिउसो मन्दिरमा पुजा गरिरहेको अवस्थामा अकस्मात् आफ्नो जिब्रो काटेर देवीलाई चढाएको उनले बताए ।

टाइम्स अफ इण्डियाबाट

काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह गठन गरि चन्द्रागिरिका स्थानियहरूले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर दुई घण्टा सडक जाम गरेर नाराबाजी समेत गरेका थिए ।

विरोध कार्यक्रममा वोल्दै कंलकी नागढुगां सडक छिटो वन नसक्दा लाखौ जनता मारमा परेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएका हुन । बाटोकै कारण सडक जाम, दुर्घटना र बिरामीहरूको बाटैमा मृत्युु हुने गरेको कारण दबाब स्वरूप सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गर्नु परेको संघर्ष समितिका सदस्य तथा समितिका संचार संयोजक रोसन दानीले बताए ।

स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो ।

कलंकी–नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसकेपनि यो अझै सम्पन्न भएको छैन । बाटो निर्माण अलपत्र पर्दा स्थानीयले सडक असुविधासँगै धूलो–धुवाको सामना गरिरहेका छन् ।

कलंकी–नागढुंगा बाटो निर्माण दवाव समूह अध्यक्ष ईश्वर लामाले सडक निर्माणका लागि सरकारलाई आग्रह गर्दा गर्दै बाटो बनाउने सरकारले नै आलटाल गरिरहेको कारण यस्तो विरोध गरेको बताए । उनले शैलुङ कन्ष्ट्रक्सनको लापरवाहीले सडक निर्माण प्रभावित भएकाले कारबाही गरेर गति दिन सरकारसँग आग्रह गरे ।

Comments