२००० वर्ष पुरानो चिहान उत्खनन्, चिहान भित्र भएका चीजले सबैको होश उडायो



एजेन्सी। एजिप्टको एलेक्जेण्डिरिया शहरमा रहेको नौ फिट गहिरो रहस्यमय ढुंगाको चिहानको उत्खनन् गरिएको छ। यो चिहानलाई लिएर धेरै प्रकारका चेतावनी दिइँदै यो चिहानलाइ श्रापित चिहान भनिन्थ्यो। र, त्यसको उत्खनन् गर्दा समस्या आउन सक्ने बताइन्थ्यो।

तर सबै चेतावनीलाइ बेवास्ता गर्दै उक्त चिहान उत्खनन् गरिएको छ। २००० वर्ष पुरानो चिहानमा खोजकर्तालाई पूरै सडेको अवस्थामा तीन वटा ममी फेला परेका छन्। तीनवटै ममीलाई कालो ग्रेनाइटबाट बनेको चिहान भित्र निकै गन्हाएको अवस्थामा पानीमाथि तैरीरहेको अवस्थामा फेला परेका थिए। यसलाई एलेक्जेण्डिरिया सहरको सबैभन्दा ठूलो खोज भएको बताइएको छ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो खोज जुलाईको सुरुमा नै सुरु गरिएको थियो। यो चिहान श्रापित भएको भन्दै धेरै डराएका थिए। १९२२ मा राजा तुतनखामुन चिहान यसरी उत्खनन् गरिएको थियो। केही समयपछि उक्त चिहान उत्खनन्मा संलग्न केही मानिसको निधन भएको थियो।

Comments