काठमाडौं । आमरण अनसनमा रहेका डा. गोविन्द केसी र सरकारबीच पुनः संवाद सुरु भएको छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता गर्नुपर्ने पूर्वशर्त छोडेपछि अनसनरत डा. केसीको वार्ता टोलीले सरकारी टोलीसँग संवाद सुरु भएको हो ।नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले यसका लागि पहल गरेका थिए । उपनेता नेम्वाङले केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए ।
त्यस लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरे । सिंहदरबारमा भएको छलफलमा डा. केसीको वार्ता टोलीले चिकित्सा शिक्षा विधेयकमा केके संशोधन गर्नुपर्ने कुरा लिखित नै दिएको छ ।
स्रोतले जनाकारी गराए अनुसार १० वर्षे प्रतिबन्ध, ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिनुपर्ने लगायतका बुँदा समेटिएका छन् । उपनेता नेम्वाङको पहलपछि सरकारी र डा. केसीको वार्ता टोलीबीच औपचारिक सम्वाद सुरु भएको छ ।

Comments
Post a Comment