‘नाई मलाई थाहा छैन’ले कटायो दुई करोड ५० लाख भ्युज, ‘कार्टुन्ज क्रु’ले यसरी मनायो खुसियाली



काठमाडौँ। ‘कार्टुन्ज क्रु’ नेपालकै चर्चित डान्स ग्रुप हो। उक्त डान्स ग्रुपद्वारा अभिनीत सबै गीत निकै नै लोकप्रिय हुने गर्छन् भने प्राय करोड क्लबमा पुग्ने गर्छन् ।कीर्तिपुरमा बस्ने केही युवा मिलेर नृत्य समूह सुरु गरे, ‘ब्वायज अफ कीर्तिपुर’ । केही वर्षपछि यसका सदस्य अन्यत्र गए । संस्थापक मध्येका सरोज अधिकारीको पहलमा सन् २०१० मा सुरु भयो ‘कार्टुन्ज क्रु’ ।

उक्त डान्स ग्रुपले अभिनय गरेको गीत ‘नाई मलाई थाहा छैन’ बोलको गीतले युट्युबमा दुई करोड ५० लाख भ्युज कटाएको छ। उक्त उपलक्ष्यमा केक काटेर गीतको सफलता मनाइएको छ। हेर्नुस् भिडियो।

Comments