तस्करीको काठसहित एक पक्राउ



अवैद्य काठ तस्करीमा संलग्न एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाको गस्ति टोलीले शनिवार मध्यराति ८ थान सालका अवैध चिरान घप्पु र ४ थान चिरान कडी सहित एक जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरी निरीक्षक पञ्चलाल गोलेको नेतृत्वको प्रहरी टोलीले गढवा गाउँपालिका वडा नं. –५ तकियापुर बाट तस्करीको काठसहित काठ सोही ठाउँ निवासी ४२ बर्षीय ज्ञानु चौधरी भनिने (ब्रहावानु चौधरी) लाई पक्राऊ गरेको जानकारी दिइएको छ ।

अबैध काठ ओसार्न प्रयोग भएको साधन समेत प्रहरीले नियनत्रनणमा लिएको छ । ८ थान घप्पु र ४ थान कडीको तौल गर्दा ८.६४ क्यूफिट रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका चौधरीलाई प्रहरीले आवश्यक कार्वाहीका लागि ईलाका वन कार्यालय गढवाको जिम्मा लगाएको छ । यसैबीच ईलाका वन कार्यालय गढवाले पक्राउ परेका व्यक्तिलाई आइतवार जिल्ला वन कार्यालय मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख शिबकुमार महतोले जानकारी दिएका छन् ।

पक्राउ परेका चौधरी विरुद्ध वन ऐन २०४९ र वननियमा वली २०५१ बमोजिम विगो कायमगरी मुद्दा चलाइने प्रुमख महतोले बताए ।

Comments