हामीले हाम्रो बारीमा फलेका अन्नबाली दैनिक प्रयोग गर्ने हो भने हाम्रो स्वास्थ्यलाई धेरै नै फाईदा हुन्छ । अझ मकैका धेरै फाईदा छन् । मकै हरियो मै पोलेर वा उसिनेर पनि खान सक्छौ । पोरेर उसिनेर वा भुटेर खानुमा धेरै फाईदा हुन्छ ।
हरियो मकै खानु धेरै फाईदा हुन्छ । यदी मोटोपन तपाईको समस्या बन्दै गइरहेको छ भने उसिनेको मकै खान सक्नुहुनेछ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ ।
यसै गरी हरियो मकै खादा त्यसमा भएको उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।
छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।
हाम्रो सरिरको अर्को महत्वपूर्ण अंग हो आँखा । आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।
जसले पोलिथिनको पञ्जा बनाएर बाटामै सुत्केरी गराउँदै आमा र बच्चाको ज्यान जोगाए
बझाङ– छविसपाथीभेरा गाँउपालिका ७ की १८ बर्षिया गौरादेवि धामीलाई सुत्केरी व्यथाले च्यापेपछि आफ्नो घर नजिकको मजखोरी बर्थिङ सेन्टरमा पु¥याइयो । उनको स्वास्थ्य जाँचपछि अनमी चन्द्र कुमारी राईले बच्चा उल्टोको हुनुका साथै जुम्ल्याहा रहेको बताइन् र सोही बर्थिङ सेन्टरमा बच्चा जन्माउन नकसकिने जानकारी गराइन् । जटिल अवस्थामा भएकाले आमा र बच्चाको ज्यानलाई मध्यनजर गर्दै जिल्ला अस्पताल रिफर गरिदिइन् ।
जिल्ला अस्पताल ल्याउने क्रममा रत्तश्राव निरन्तर भइरहेपछि धामी छिन–छिनमा बेहोस हुन थालिन् । सदरमुकाम नजिकै ल्याउँदै गर्दा खोला ठूलो भएका कारण जीप पारी जान सकेन । बेलुकीको ७ः३० बजेको समय थियो । समस्या झन् बढ्यो । पानी पर्ने क्रम पनि नरोकिएकाले खोला नघटेको स्थानीय लोकराज दौल्यालले बताए।
सुत्केरी व्यथाले च्याप्दै लगेपछि बिच बाटोमै सुत्केरी हुन अवस्थामा पुगिन् धामी । संयोगले सोही जिपमा लेकगाउँ स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट देउपाल जप्रेल सवार थिए । तर, उनीसँग सुत्केरी गराउन कुनै साधन थिएन । नजिकै करन दौल्याललको किराना पसल थियो । त्यही पसल बाट प्लाष्टिक(पोलिथिन) ल्याएर उनले त्यसैको पञ्जा बनाए । उनले पेटमै मरिसकेको एउटा बच्चा बाहिर निकाल्न सफल भए।
त्यसपछि अर्को बच्चा भने जिवितै जन्माउन सफल भए उनी । उनले भने, ‘कुने विकल्प नदेखेपछि जोखिम मोलेपनि मलाई डर लागेको थियो । आमा र एउटा बच्चालाई जोगाउन सफल भइयो।’
उनले सालनाल काट्न पनि सोही पसलबाट पोलिथिन र ब्लेडको सहारा लिए।
यति गर्दा धामी बेहोस भइसकेकी थिइन् । हेल्थ असिस्टनेन्ट जप्रेल आफन्तलाई मेडिकल खोलेर सलाइन पानी ल्याउन भने । सुत्केरी गराएकै जिपमा सलाइन पानी चढाएर गौराको ज्यान बचाउन सफल भए । उनले भने, ‘संयोगले म जिपमा थिएँ । गौराको ज्यान जोगाउन कोशि गरें र सकेपनि । नत्र यस्तो अवस्थामा आमा र बच्चाको ज्यान जाने निश्चित जस्तै हुन्छ ।’
धामी एक हप्ताअघि जिल्ला अस्पतालमा भिडियो एक्सरे गर्न पुगेकी थिइन् । सदरमुकाम चैनपुरमा विद्युत नभएका कारण भिडियो एक्सरे नभएपछि उनी त्यत्तिकै फर्किइन् । करिब एक हप्ताअघिदेखि सुर्मादेवि विद्युत प्रालिको नहर भत्किँदा विद्युत सेवा अबरुद्ध छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सुलभ स्वास्थ्य सेवालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको भए पनि बझाङको हिमाली क्षेत्रमा पर्ने दुर्गाथली गाउँपालिको चुवावन र छविस पाथिभेरा गाउँपालिकाको बुडखोरीका बासिन्दाहरु सामान्य उपचारको लागि ५ घण्टासम्म पैदल हिड्नु पर्ने बाध्यतामा छन्। गाउँमा स्वास्थ्य सेवाका कुनै इकाई नभएका कारण उनिहरु सिटामोलकै लागी घण्टौं पैदल हिड्न बाध्य हुनु परेको हो।
गाउँमा प्रसुती केन्द्र तथा खोप केन्द्र नहुँदा बढी समस्या हुने गरेको बुडखोरीका जनक बोहराको बताए । ‘कुनै महिलालाई व्यथा लाग्यो भने स्ट्रेचरमा बोकेर विसौना दौडाउनु पर्छ । भनेको बेला बोक्ने मान्छे पनि हुदैनन्,’ उनले भने ‘कतिपय बाटैमा बच्चा जन्माउँछन्। कतिपय बाटैमा ज्यान गुमाउँछन्।’ । उनले नवजात शिशुलाई खोप केन्द्रसम्म ल्याउँदा लैजान्दा सुत्केरी महिलाले लामो यात्रा गर्नु पर्ने भएकाले विभिन्न स्वास्थ्य समस्या देखिने गरेको बताए।
‘खोप केन्द्र लैजानका लागि दिनभर लाग्ने भएका कारण यहाँका कतिपयले बच्चाहरुलाई खोप नै नलगाउने गरेको समेत पाइन्छ,’ चुनवनकी शान्ति महतले भनिन् । को भनाई छ ।
स्वास्थ्य संस्था टाढा भएका कारण बिरामी हुन बित्तिकै उपचार नपाउने र बिरामी थलिएपछि मात्र बोकेर उपचारको लागि लैजाने गरेको बुडखोरीका गिरी बोहराले बताए । यसो गर्दा कतिपय बिरामीहरु सिकिस्त भइसकेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने र ज्यानै समेत गुमाउने गरेको उनको भनाई छ । यी दुईटा गाउँमा गरेर ३ सय ७५ परिवार छन्। यहाँको जनसँख्या २ हजार २ सयको हाराहारीमा छ।
स्थानिय समुदाय वा गाउन्पालिकाले स्वास्थ्य इकाई निर्माण गर्नको लागि निःशुल्क जग्गा उपलब्ध गराउन सक्ने निर्णय सहितको निवेदन दिएका त्यस्तो ठाउँमा सामुदायिक स्वास्थ्य इकाईको लागि स्वास्थ्य सेवा विभागलाई सिफारिस गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डाक्टर अनुप रेग्मीको भनाई छ । सामुदायिक स्वास्थ्य सेवा इकाईको स्थापना भएपछि स्वास्थ्य चौकीबाट प्रदान हुदँै आएका खोप, प्रसूति जाँच र अन्य उपचारका सेवाहरु त्यहीँबाट प्रदान गरिने उनले बताए ।
Comments
Post a Comment