न वार्ता, न उपचार



काठमाडौं । चिकित्सा शिक्षा सुधारका विविध माग राखी २३ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकार झन् उदासीन बनेको छ ।

जुम्लामा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य गम्भीर बनेको भन्दै सरकारले गत बिहीबार उनलाई जबरजस्ती काठमाडौं ल्याएको थियो । तर सरकारले उनको माग सम्बोधन वार्ता प्रक्रिया सुरु गरेको छैन भने उनको स्वास्थ्य उपचारमा पनि चासो दिएको छैन।

डा. केसीले आफूलाई जबरजस्ती काठमाडौं ल्याएको विरोधमा स्वास्थ्य जाँच गर्र्न दिएका छैनन् । उनलाई काठमाडौं ल्याउनासाथ सरकारी पक्षले पहिला उपचार गर्ने र स्वस्थ भएपछि मात्रै वार्ता गर्ने भनेर सत्याग्रहको अपमान गरेको डा. केसी निकट चिकित्सक अभिषेक सिंहले बताए ।नेपाली सेनाको हेलिकप्टरमा त्रिवि शिक्षण अस्पतालमा लगेर छाडेपछि डा। केसीको अवस्था बुझ्न कुनै पनि सरकारी प्रतिनिधि त्रिवि शिक्षण अस्पताल पुगेका छैनन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Comments