काठमाण्डौ,७ साउन । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिमा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।
न्यूनतम ‘एक परिवार एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम एक सय २० दिन बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्नेगरी प्रारम्भिक खाका तयार गरिएको खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलालले लेखेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन कार्ययोजनाको लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाब लिन आइतबार आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराइएको हो।
श्रम मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा मुलुकभरका सात सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए।
Comments
Post a Comment