विनयले ‘तिम्रै लागि हो’ भने पछि सृष्टि रोमान्टिक बनिन्



साउन ४, काठमाण्डौ । नरेश कुमार केसीद्घारा निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । चलचित्रको ‘तिम्रै लागि हो’ बोलको गीत बिहिबार युटुबमार्फत सार्वजनिक भएको हो । हर्कुलस बस्नेतको शब्द र संगीत रहेको उक्त गीतमा गौरव डगोकरले स्वर दिएका छन् । विक्रम स्वाँरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका छन् । प्रेमकथामा निर्माण भएको फिल्ममा श्रृष्टी र विनयसँगै प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तको पनि मुख्य भुमिका रहेको छ । निर्देशक केसीकै लेखन रहेको यस फिल्ममा प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यको लगानी रहेको छ । चलचित्र ‘रोमियो एण्ड मुना’ साउन ११ गते बाट प्रदर्शनमा आँउदैछ

Comments