चारैतिर चर्को आलोचना भएपछि अतः शेरबहादुर तामाङको मन्त्री पद खोसियो ! राजीनामा दिन नेकपाको निर्देशन ! केहि बेरमै पत्रकार सम्मेलन गर्दै राजिनामा आउने


कानुन मन्त्री शेरवहादुर तामाङ्गले राजिनामा दिने भएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढन गएका छात्राहरुका बारेमा जथाभावि अभिव्यक्ति दिएको बिषय सर्वत्र आलोचना भएपछि सत्तारुढ पार्टीबाटै उनको राजिनामा हुनुपर्ने दबाब बढेको थियो । कानुन मन्त्री राईले केहि बेरमै कानुन मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजिनामाको घोषणा गर्ने भएका छन् ।नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनुपर्ने दाबी गरेका थिए ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे ।

मन्त्री तामाङले विज्ञप्ति मार्फत माफी मागे पनि उनको अभिव्यक्तिले सरकार र सिंगो पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै पार्टीले राजिनामा दिन सुझाब दिएको छ ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना भइरहेका बेला कानूनमन्त्रीको अभिव्यक्ति पनि थपिएपछि नेकपाका नेताहरुले सोमबार साँझ छलफल गरेका थिए ।

Comments