
बढ्दो बायु प्रदुषणका कारण हाम्रो छालामा विभिन्न संक्रमण हुने गर्छन् । यसले गर्दा अनुहारमा डन्डीफोर आउने समस्याले बडी सताउने गर्छ । जसले गर्दा मानिसको सुन्दरतामा असर पर्छ । छाला चिलाउने समस्याले गर्दा मानिसहरु धेरै तानावमा रहने गर्छन् । छालाको एलर्जी केहि सजिलैसँग जाने गर्छन् त केहि धेरै समयसम्म पनि निको हुने गर्दैनन् । किराहरुको टोकाईले गर्दा पनि मानिसहरुमा छालाको एलर्जी हुने गर्दछ । हामी छालाको एलर्जीबाट घरेलु उपचारको माध्यमले पनि मुक्त हुन सक्छौं ।
छालाको एलर्जीबाट मुक्त हुन मद्धत गर्ने घरेलु उपचारहरू यस्ता छन् :
१) जैतुनको तेल : यसमा पाइने भिटामिन इले छालालाई नरम पर्नुको साथै छालामा आउने विभिन्न समस्याहरुलाई निको पार्न माद्हत गर्छ । जैतुनको तेलमा मह मिसाएर छालामा दल्ने गरेमा छाला चिलाउने समस्या हराएर जान्छ । यसैगरी जैतुनको तेलमा थोरै बेसार मिसाएर एलर्जी भएको ठाउँ वरिपरि लगाइयो भने पनि एलर्जीबाट छिट्टै राहत मिल्छ ।
२) बेकिङ्ग सोडा : एलर्जी भएको ठाउँ वरिपरि बेकिङ्ग सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । एलर्जीको दोहोलो हुन्छ । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।
३) ओट मिल : नास्तामा प्रयोग हुने ओट मिल छालाका लागि समेत निकै उपयोगी छ । थोरै ओट मिललाई पिस्ने, त्यसलाई तातो पानीमा मिसाएर लेदो बनाउने । उक्त लेदोले एलर्जी भएको ठाउँमा पखाल्ने । एलर्जीबाट छुट्कारा पाउन सकिन्छ ।
४) एलोभेरा (घिउकुमारी) : एलोभेरा छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । एलोभेरामा पाइने एन्टी फंगल तत्वले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।
५) बरफ : हातखुट्टा सुन्निएमा, पोलेमा, फुलेमा, चिलाएमा वा छालासम्बन्धी कुनै पनि समस्या भएमा चिकित्सकहरू वरफले सेक्न सुझाव दिन्छन् । सुन्निएकेा ठाउँमा वरफले सेकेको खण्डमा सुन्निएको भाग तुरुन्तै बस्न थाल्छ भने चिलाउन समेत कम हुन्छ ।
६) नीमको पात : छालासम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ ।
७) धनियाँ : धनियाँ एक प्रकारको आयुर्वेदिक औषधि हो । छालाको रातोपन तथा सुन्निने समस्या कम गर्न धनियाँ निकै उपयोगी मानिन्छ । यो छालासम्बन्धी एलर्जीमा चामत्कारिक औषधी हो । पिसेको धनियाँलाई एलर्जी भएको ठाउँमा लगाएर त्यसलाई करिब २० मिनेटसम्म छोड्ने र त्यसपछि सफा पानीले राम्रोसँग सफा गर्ने । तीन चार दिनसम्म नियमित यो प्रक्रिया दोहोर्याए छालाको एलर्जी जरैदेखि निर्मूल हुन्छ ।
Comments
Post a Comment