भारतीय नागरिकद्वारा झापामा एक बालकलाइ बन्धक बनाइएर राखेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ढोका फोडी गर्यो उद्दार, ढोका फोड्दा फोड्दै बालको घांटी रेटेर हत्या गर्नै लागेको अवस्थामा उद्दार गरि पुर्याए अस्पताल
भारतीय एक युवकद्वारा झापाको गौरीगञ्जमा चक्कु देखाएर बन्धक बनाइएका १० वर्षीय सुमीलाल ताजपुरियालाई आज साँझ प्रहरीले घाइते अवस्थामा उद्धार गरेको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजु निरौलाका अनुसार भारतीय नागरिक २५ वर्षीय ओमप्रकाश सिंहले आज साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नं. ३ का ताजपुरियालाई चक्कु देखाएर नियन्त्रणमा लिएका थिए ।
अभियुक्त सिंहले नेपाली बस्तीमा प्रवेश गरेर निज बालकलाई उनकै घरको कोठामा करीव एक घण्टा बन्धक बनाएको प्रहरीको भनाइ छ । बन्धक बनाएको खबर पाएर आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कोठाको ढोका फोडी बालकको उद्धार गरेको थियो ।
प्रहरीले उद्धारका लागि ढोका फोडेर प्रवेश गर्दा अभियुक्त सिंहले बालकलाई घाँटीमा छुरा रेटेर घाइते बनाएको प्रहरी सहायक निरीक्षक निरौलाले बताउनुभयो ।
उद्धारपछि घाइते बालकको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । उनको घाँटीमा सात टाँका लगाइएको प्रहरीले जनाएको छ । अभियुक्त सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्धक बनाउनुको कारण र समग्र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment