अशोकको सपना पुरा गर्न झिना मसिना कुराले छेक्दैन भन्दै अशोकको दोस्रो गित निर्माण कार्य शुरु हुदै



पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो दोश्रो गीत रेकर्डिङ गराउने भएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

उनको चर्चा आजभोली बजार भरी चुलिएको छ। उनी एकाएक चर्चामा आएका हुन् उनको आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियोका मार्फत। निम्न वर्ष परिवारमा हुर्किँदै गरेको दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धान्थे।

उनी भाइरल भएपछि थुप्रै मिडियाहरूले उनको अन्तर्वार्ता लिए र उनले ती अन्तर्वार्ताहरुमा आफ्नो प्रतिभापनि देखाएका थिए। पछिल्ला समय उर्लाबारीको फोकस टिभीको अन्तर्वार्तामा उनले आफ्नो प्रस्तुती दिएको थियो जुन युट्युबको ट्रेन्डिङमा समेत परेको थियो।

Comments