अभिनेत्री प्रियंकाले झुण्डिएर गरिन आत्महत्या



तामिल फिल्म उद्योगकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् । प्रियंकाले वालासारावक्कमस्थित आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । प्रियंका हालै टेलिफिल्म बाहुबलीकी अभिनेत्री रम्या कृष्षननका साथ तामिल टिभी शो वासमसमा ज्योतिको भूमिकामा थिइन् ।

आज बिहान प्रियंकाको घरमा काम गर्ने सहयोगी घर पुग्दा प्रियंका पंखामा झुण्डिएको देखेकी थिइन् । उनले पारिवारिक कारणले आत्महत्या गरेको अनुमान गरिएको छ । मिडिया रिपोर्टहरुका अनुसार पाण्डेको विवाह भएको तीन वर्ष वितेपनि बच्चा नभएको कारण पारिवारिक समस्या रहेको मिडिया रिपार्टले बताएको छ ।

Comments