पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : आजको राशिफल : २०७५ साल श्रावण १० गते विहिवार



ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य दक्षिणायन,वर्षा ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल श्रावण १० गते विहिवार नेपाल सम्बत ११३८ दिल्लाथ्व,सन् २०१८ जुलाई २६ तारिक शुक्लपक्ष चतुर्दशी तिथि राती१० वजेर ४१ मिनेटसम्म,पूर्वषाढा नक्षत्र राती ९ वजेर ५७ मिनेटसम्म,वैधृतियोग,गरकरण,आनन्दादियोग धाता,सूर्य कर्कट राशीमा,चन्द्रमा ११ गते विहान ४ वजेर ३६ मिनेटसम्म धनु उप्रान्त मकर राशीमा । ॐः–राहुकालः–अपरान्ह १÷५२ वजेबाट३÷३३ वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान५÷२४ वजेबाट ७÷५ वजेसम्म रहनेछ,दूरमुहूर्तः–विहान ९÷५५ वजेबाट१०÷४९ वजेसम्म र अपरान्ह ३÷२० वजेबाट ४÷१४ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷४३ वजेबाट मध्यान्ह १२÷३७ वजेसम्म रहनेछ । गुली कालः–विहान८÷४७ वजेबाट १०÷२८ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।

ॐः–सूर्योदयबाट प्रातः७÷५ वजेसम्म शुभ वेला,७÷५वजेदेखि ८÷४६ वजेसम्म रोगवेला,८÷४६ देखि १०÷२७ वजेसम्म उद्वेगवेला,१०÷२७ देखि १२÷८ वजेसम्म चरवेला,१२÷८ देखि १÷४९वजेसम्म लाभ वेला,१÷४९ देखि ३÷३० वजेसम्म अमृत वेला,३÷३० देखि ५÷१२ वजेसम्म कालवेला र ५÷१२ वजे देखि सूर्यास्तसम्म शुभवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷१४ वजेसम्म अमृत वेला,८÷१४ वजेदेखि ९÷३३ वजेसम्म चरवेला,९÷३३ देखि १०÷५२ वजेसम्म रोग वेला,१०÷५२ देखि १२÷१० वजेसम्म कालवेला,१२÷१० देखि१÷२९ वजेसम्म लाभ वेला,१÷२९ देखि २÷४८वजेसम्म उद्वेगवेला,२÷४८ वजे देखि ४÷७ वजेसम्म शुभर ४÷७ वजे देखि सूर्योदयसम्म अमृत वेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष


समय सुधारोन्मुख छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । बाह्य काममा ध्यान दिदा त आफ्ना काम अधुरा रहने छन् । यान्त्रिक कामबाट सामान्य लाभ हुनेछ । अग्नितत्व प्रधान कार्यमा लगानी नगर्नु होला ।

बृष


समयले साथ दिने छैन । आत्म विश्वास टुट्ने छ भने निराशा बढ्नेछ । गरेका कामबाट पनि उचित लाभ लिन सकिने छैन उल्टो रित्तो हात फर्कनु पर्ला । परिवारमा समस्या आउन सक्छ । व्यापारमा गिरावट आउनेछ ।

मिथुन


समयको ख्याल राखेर काम गर्नु होला दिन सामान्य अनुकुल देखिन्छ । ढिला नगरि लगनशिल भई गरेका काम सम्पन्न हुनेछन् । देखिने शत्रु भन्दा नदेखिएका शत्रु बढि हुनेछन्,सतर्क भई काम गर्नु होला । आम्दानी बढ्नेछ ।

कर्कट


साझेदारी भन्दा एक्लौटि व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । भय त्रासले छोड्ने छैन । आहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला ।

सिंह


तपाई माथि भ्रमको खेति हुनसक्छ । विना सोच विचार काम गर्दा घाटा हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । खर्च नियन्त्रण गरेर काम गर्ने प्रयास गर्नु होला । पढाई लेखाईको चिन्ताले सताउनेछ ।

कन्या


घरमा समस्या बढ्ने छन् । अनावस्यक खर्च बढ्नेछ । गरेका काम विवादित हुने छन् । आफुमा भएको उर्जाको सदुपयोग गरेर काम गर्न सके केहि उपलब्धि हासिल हुने देखिन्छ । व्यापार व्यवसायबाट उचित फल मिल्ने छैन ।

तुला


काम गर्ने उत्साहा बढ्नेछ । समयमा गरेका कामबाट लाभान्वित पनि हुनुहुनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । साथि भाई इष्टमित्रबाट सहयोग प्राप्त होला । भ्रमलाई चिरेर अगाडि बढ्नु होला ।

बृश्चिक


शैक्षिक क्षेत्र कमजोर देखिन्छ । ऋण लगानी नगर्नु होला डुब्न सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । आफन्तबाट नै विश्वास घात हुन सक्छ । प्रयत्नपूर्वक गरेका धेरै जसो काम सफल हुनेछन् ।

धनु


कामलाई निरन्तरता दिनु होला ,प्रयत्न गरे काम बन्ने छन् । मनोरञ्जनात्मक काममा खर्च ज्यादा हुनेछ । अरुको भर नपर्नु होला । वित्तिय कारोवारमा सानातिना समस्या देखिने छन् । सहयोग कम मिल्नेछ ।

मकर


श्रमको मूल्य लिन सकिने छैन । पारिवारिक समस्या बढ्नेछन् । व्यर्थका काममा समय खर्च हुनेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । स्वास्थ्यले पनि कम साथ दिनेछ । फजुल खर्च र झुट्टा आरोप लाग्न सक्छ ।

कुम्भ


नसोचेका ठाँउबाट धन हात लाग्न सक्छ । आफन्तको सहयोग पाईनेछ । गरेका काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखिने छन् । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै होला ।

मीन


कुटनैतिक विधि अप्नाएर काम गर्नु होला । गरेका काम प्राय सफल हुने देखिन्छ । काम गरेर प्रशस्त धन कमाउने योग देखिन्छ । परिवारबाट सहयोग पाईनेछ । काम गर्न अल्छि नगर्नु होला । व्यापारमा सुधार आउनेछ ।

Comments