नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेटेर अनसनरत डा. केसीलाई गरे यस्तो आग्रह, के होला अब अनसन


६ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् ।

आइतबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर केसीलाई भेट गरेका श्रेष्ठले उनलाई स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका छन् ।

जुम्लाबाट काठमाडौं ल्याएदेखि स्वास्थ्य परीक्षण पनि नगरी बसेका केसीलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेको श्रेष्ठले बताए । ‘तपाईका मुद्दा कुन ठीक, कुन बेठीक छलफल भइरहेको छ । तर स्वास्थ्य परीक्षण गर्नुस्’ श्रेष्ठले भनेका थिए ।

तर यस विषयमा डा. गोविन्द केसीले भने कुनै प्रतिक्रिया दिएनन् ।

डा. केसी चिकित्सा शिक्षामा सुधारको माग गर्दै २३ दिनदेखि १५ औ चरणकोआमरण अनसनमा छन् ।

Comments