
काठमाडौँ – भदौ १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय शम्भु’ “म त परे तिम्रै भर” बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्बजनिक गरिएको हो । टंक बुढाथोकीको संगीतमा बनेको गीतमा चलचित्रका दुइ मुख्य कलाकार अनुप बिक्रम शाही र वर्षा शिवाकोटी लार्इ फिचर गरिएको छ । उक्त भिडियो लार्इ रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा संगीतकार टंकलार्इ गायिका अन्जु पन्तले स्वरमा साथ दिएकि छिन अमृता नेपालको शब्द रहेको छ ।रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ अनुप बिक्रम,प्रशान्त ताम्राकार,वर्षा शिवाकोटी,रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य रहेका छन् ।
Comments
Post a Comment