कानून मन्त्री तामाङ राजीनामा दिँदै गर्दा यसरी भकानिए



बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मन्त्रालयमा आज पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनु भएको हो । राजीनामा घोषणा गर्दा निकै भावुक बन्नुभएका तामाङको आँखा आशुले भरिको थियो ।जनतालाई शिरमा राखेर काम गरेको तर, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै तामाङले गुनासो व्यक्त गर्नुभएको थियो । महिला अधिकारका कुरा उठाउने आफूलाई त्यही विषयले लखेटेको भन्दै तामाङले पदभन्दा पनि प्रतिष्ठा कायम राख्नुपर्छ भन्ने मान्यताका साथ नैतिकताको आधारमा राजीनामा दिएको सञ्चारकर्मीलाई अवगत गराउनु भएको थियो ।

विवादास्पद अभिव्यक्तिको आलोचना भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए । तर, आलोचना नरोकिएपछि यो मुद्दाले सरकार र पार्टीलाई बदनाम गर्ने भन्दै सत्तारुढ दल नेकपाले तामाङलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

Comments