
कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसी आफ्नो पार्टीले उचालेर अनशन नबसेको बताएका छन् । डा. केसीलाई भेट्न अनशन स्थल पुगेका देउवाले डा. केसी कुनै पार्टीले उचालेर उचालिने ब्यक्ति नभएको बताएका हुन् ।डा. केसी कसैले उचालेका कारण उचालिएका हैनन्’ उनले भने, ‘केसीका माग सरकारले पुरा गर्नै पर्छ । हामी सबै केसीकै पक्षमा छौ ।’ यसअघि आफ्नो सरकारले तयार पारेको अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याए डा. केसीका सबै माग पूरा हुने देउवाको भनाइ थियो ।
डा केसीलाई भेटेपछि देउवाले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको वताएका छन्। भेटपछि उनले भने ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ, तर डाकेसीको पछाडि हामी लाखौ छौं।’
देउवाले वार्ता गरेर डा केसीको माग पुरा गर्न सरकारसँग आग्रह गरेका छन्। साथै. केसीको जीवनरक्षाका लागि पनि आग्रह गरेका छन्।
Comments
Post a Comment