काठमाडौँ । विवाह संस्कारमा विवाहअघि स्वयंवर गर्ने प्रचलन छ। स्वयंवरमा गर्दा सधै तपाईले औँठी साहिँली औँलामा मात्र लगाइने गरेको देख्नु भएको छ होला ? स्वयंवरको औँठी किन साहिँली औँलामा मात्रै लगाइन्छ ? यो विषय धेरैको जिज्ञासा बन्ने गरेको हुन सक्छ।
आज हामी तपाईलाई उक्त औँलामा औँठी लगाईनुको कारणबारे केही चर्चा गर्ने छौँ ।
रोम सभ्यताको मान्यता अनुसार
हातको साहिँली औँलामा औँठी लगाउनुका पछाडि रोम सभ्यताको एक मान्यता रहेको छ। यो मान्यता निकै पूरानो हो । साहिँली औँलाबाट एउटा स्नायु सिधै मुटुसम्म पुगेको हुन्छ भन्ने मान्यता रोममा छ। त्यसैले औँठी आफुले लगाउन वा प्रियतमलाई लगाइदिनका लागि यहीँ साहिँली औँलाको प्रयोग गर्ने चलन रोम सभ्यताको सुरुवात देखि नै चलिआएको हो। यो सबैभन्दा पूरानो र लोकप्रिय मान्यता हो।
चिनिया मान्यता अनुसार
चिनिया मान्यता अनुसार हाम्रो हातका हरेक औँलाले कुनै एक सम्बन्ध दर्शाउँछन् । सोही अनुरुप हातको साहिँली औँला आफ्नो पार्टनरका लागि समर्पित हुन्छ । त्यस्तै बुढी औँला आमाबुवाका लागि, चोर औँला भाइ बहिनीका लागि, माझी औँला आफ्नै लागी र कान्छी औँला आफ्ना सन्तानका लागि भएको मान्यता चीनमा छ।
Post navigation
Comments
Post a Comment