कैलाली । एक महिलाले आफ्नो प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । यो घटना कैलालीको भजनी नगरपालिका ९ भुरुवाकीको हो । इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले दिएको जानकारी अनुसार निर्मला राजीले आफ्नो प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको हो ।अहिले निर्मला राजीले प्रेमी दिलिप राजी घटनामा संलग्न दुवैलाई दुवैजनालाई नियन्त्रणमा लिईको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले जानकारी गराएका छन् । हत्या गरिएको राजीको शव पोष्टमार्टमा लागि टीकापुर अस्पतालमा लगिएको छ ।साउन ४ गते रातिदेखि हत्या गरिएको राजी हराएका थिए । उनको शव घरबाट करिब १ किलोमिर टाढा प्रतिक्षा सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो ।
Comments
Post a Comment