नवलपरासीमा दुर्घटनामा परी ५ सय ९७ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेमा पुरुष बढी, आठ सय २८ जना गम्भिर घाईते



नवलपरासीमा पछिल्लो पाँच वर्षमा सवारी दुर्घटनामा परी पाँच सय ९७ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष छन् । आर्थिक वर्ष २०७०/०७१ देखि ०७४/०७५ सम्मको जिल्ला ट्राफिक कार्यालय नवलपरासीको तथ्याङ्ग हेर्दा पाँच वर्षमा चार सय ४७ जना पुरुषले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । ज्यान गुमाउने महिलाको संख्या ७६ रहेको छ । दुर्घटनामा परी ३३ जना बालकले ज्यान गुमाएका छन् भने २३ जना बालिकाको ज्यान गएको छ ।

गत आर्थिक वर्ष ०७४/०७५ मा मात्रै एक सय ३३ जनाले ज्यान गुमाएका छन् । गएको वर्षबाट नवलपरासी पूर्व र पश्चिम गरि दुवैतर्फ जिल्ला ट्राफिक प्रहरीको कार्यालय स्थापना गरिएको छ । गतवर्ष सवारी दुर्घटनामा नवलपरासी पूर्वमा ६४ जना र नवलपरासी पश्चिममा ६९ जनाले ज्यान गुमाएका छन् ।

विगत पाँच वर्षमा आर्थिक वर्ष ०७३/०७४ मा सबैभन्दा बढि एक सय ३५ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । र सबैभन्दा कम ०७१/०७२ मा एक सय १ जनाले ज्यान गुमाएका थिए । आर्थिक वर्ष २०७०/०७१ मा एक सय २ जना र आर्थिक वर्ष २०७२/०७३ मा एक सय २६ जनाको ज्यान गएको छ ।

पछिल्लो पाँच वर्षमा भएको सवारी दुर्घटनामा परी ८ सय २८ जना गम्भिर घाईते भएका छन् । घाईते मध्ये पनि अधिकांश पुरुष छन् । पाँच सय ८६ जना पुरुष गम्भिर घाईते भएका छन् भने एक सय ८५ जना महिला, ३६ जना बालक र २१ जना बालिका गम्भिर घाईते भएका छन् । श्रोत नारायणी अनलाइन

Comments