स्पेनिस प्रतिवेदनअनुसार किलियन एमबाप्पेलाई क्लबमा स्थायी रूपमा राख्नका लागि पीएसजीले नेयमारलाई स्पेनिस क्लब रियल मड्रिडमा बेच्न तयार रहेको उल्लेख गरेको छ ।आफ्नो सदावहार स्ट्राइकर रोनाल्डोलाई इटालियन क्लब युभेन्टस्मा बेचेपछि स्पेनिस क्लब मड्रिड रोनाल्डोको स्थान लिने खेलाडीको खोजीमा रहेको छ । उसले पहिलो लक्ष्यका रूपमा नेयमारलाई अनुबन्ध गर्न चाहेको छ ।२६ वर्षीय नेयमारसँग यसै समरमा सम्झौता हुन सक्ने स्पेनिस प्रतिवेदनमा उल्लेख छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।
Comments
Post a Comment