चर्चित भारतीय नायिका प्रियंका पंखामा झुण्डिएको अवस्थामा फेला !

एजेन्सी । दक्षिण भारतीय चलचित्रकी नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । भारतीय सञ्चार मध्यमहरुले जनाए अनुसार प्रियंकाले वलासारावक्कममा रहेको आफ्नै घरमा डोरीले पासो लगाएर आत्महत्या गरेकी हुन् ।
प्रि‍यंका तमिल फिल्मकी एक प्रख्यात अभिनेत्री हुन्। प्रियंकालाई बुधबार बिहान उनकी साथीले कोठाको पंखामा झुण्डिएको अवस्थामा भेट्टाएकी थिइन्। प्रियंकाको आत्महत्याको यथेष्ट कारण खुल्न नसके पनि उनले घरेलु कलहको कारणले मृत्युको बाटो रोजेको हुन सक्ने  आसंका उनकी सहयात्रीले गरेकी छन्।
मिडिया रिपोर्टका अनुसार प्र्याँकाले विवाह गरेको ३ वर्ष बितिसक्दा पनि सन्तान हुन नसकेको भन्दै पारिवारिक विवाद हुने गरेको थियो। जसका कारण उनले आत्महत्या गरेको हुन सक्ने बताईएको छ। प्रहरीका अनुसार अब प्रियंकाको शवको पोष्टमार्टमपछि नै उनको मृत्युको मुख्य कारण खुल्न सक्छ।

Comments