
धनकुटा खबर । धेरै मान्छे बिदेश गएर धेरै पैसा कमाउन तैछाड मछाड गर्छन् तर धनकुटाका एक यूवाले भने बिदेशमा भन्दा दुध बेचेर बढी कमाउने गरेका छन् ।
धनकुटा नगरपालिका ६ खाल्डेका तिलकराज कार्कीले दुध बेचेर ईराक र अफगानिस्थानमा काम गरेर कमाएको भन्दा बढि कमाईरहका छन् ।
२०५७ सालमा जिल्ला निर्वाचन कार्यालय धनकुटाको कार्यालय सहयोगीको स्थाई जागिर छाडेर १ बर्ष मलेसिया, ३ बर्ष ईराक र ५ बर्ष अफगानिस्थान काम गरेका थिए ।
९ बर्ष बिदेशमा काम गर्दा ८ बर्ष बिदेश बसेकाजोखिमपूर्ण तरिकाले अमेरिकी नोटो सेनाको मेस तथा बंकरमा काम गरेका ३६ बर्षिया कार्कीले अहिले बिदेशमा भन्दा बढी कमाउने गरेका छन् ।घरपरिवारमा अत्याधिक ऋण भएपछि २०६३ बिदेश छिरेका काकीले स्वदेश पर्केपछि २०७३ सालमा २२ लाख खर्चेर आफ्नै गाउँमा गाई फर्म सन्चालन गरिरहेका छन् ।
बिदेशबाट कमाएर स्वदेश फर्किएर गरिवारको १३ लाख ऋण तिरेर गाईपालनमा लागेका कार्की एक जनालाई रोजगार दिएर आफ्नी श्रीमती देवी कार्की र आफू स्वरोजगार भएका छन् ।
शुरुमा १ लाख ९० हजार लागतमा ३ वटा स्थानिय जर्सी गाईबाट माईदेवी कृषि फर्म सन्चालन गरेका कार्कीले हाल लगानी थप गरेर होलिस्टेन जानका ११ वटा गाई पालिरहेका छन् ।
कार्कीले हाल दैनिक ७० लिटर सम्म दुध बेचर मासिक १ लाख २६ हजार सम्मको कारोबार गर्ने कार्कीले मासिक १ लाख सम्म कमाउने गरेको बताए ।
Comments
Post a Comment