मसीको दाग लागेको छ लुगामा ?
दाग लागेको ठाउँमा हलुका पानीले भिजाएर त्यहाँ दन्तमञ्जन दल्नुहोस् र एकछिन सुक्न दिनुहोस् । सुकेपछि त्यसलाई धुनुहोस्, मसिको दाग जान्छ ।घरमा मुसा भगाउने तरिका
घरमा, गोदाममा मुसाले सामान काटेर छिया छिया बनाउँछ । धेरैलाई दिक्क लगाएको हुन्छ मुसाले । अनि चिनीभन्दा धेरै भएर बस्ने कमिलाबाट छुटकारा पाउन मानिसहरु विभिन्न उपाय लगाउँछन् । यस्ता अवस्थामा मुसा र कमिलालाई हटाउन यसो गर्न सकिन्छ ।
– जुन ठाउँमा धेरै मुसा र छुचुन्द्रो हिँड्छ त्यहि ठाउँमा कालो मरिच लगेर छरिदिनुहोस् ।– चिनीको भाँडोमा कमिला लागेको छ भने, त्यस भाँडोमा २-३ वटा ल्वाङ्ग राखिदिनुहोस । त्यो भन्दा बाहिर कमिला लागेको छ भने, त्यहाँ काँक्रोको छिल्का राखिदिनुहोस् । कमिला बस्ने ठाउँ वा प्वालहरूमा काँक्रोको बोक्रा लगेर राखिदिनुहोस्, किनभने कमिलालाई काँक्रो मन पर्दैन ।
Comments
Post a Comment