अनौठो घटना: मृत्यु भएको १० दिनपछि महिलाले जन्माइन् बच्चा, सबै परे चकित !



एजेन्सी : संसारमा अनेक किसिमका घटनाहरु घट्ने गर्छन । कतिपय घटनाले संसारलाई चकित मात्र होइन बिज्ञानलाई समेत चुनौती दिने गर्छन ।

यस्तै एउटा घटना आज हामी तपाईहरुलाई बताउदै छौ जुन घटना सुनेर तपाई पनि छक्क पर्नु हुनेछ ।

मानिसको मृत्युसंग उसको शरीर माटोमा बिलिन हुन्छ तर दक्षिण अफ्रिकामा मृत्यु भएको १० दिनपछि एक महिलाले बच्चालाई जन्म दिएकी छिन् ।

डेली मेलका अनुसार दक्षिण अफ्रिकाको दक्षिणी–पूर्वी केप प्रान्तस्थित थायिसी गाउँकी ३३ वर्षीया नोम्भेलिसो नोमासोन्तो एम्दोयीले आफूलाई एकाएक सास फेर्न समस्या भएको बताएकी थिइन् ।

पाँच सन्तानकी नोम्भेलिसोको तत्काल मृत्यु भयो । अन्तिम संस्कारका लागि एक संस्थालाई उनको शव बुझाइयो ।

तर मृत्यु भएको १० दिनपछि अन्तिम संस्कार गर्ने दिन उक्त संस्थाले उनको शवको दुई खुट्टाको बीचमा मृत्यु भइसकेको बच्चा देखे ।

मृत्यु पछि मांसपेशी शिथिल हुँदा र ब्याक्टेरियाको विकासका कारण उनको शरिरमाभित्र भएको बच्चा बाहिर आएको हुनसक्ने स्वास्थ्यकर्मीलाई उद्धृत गर्दै स्थानीय समाचार माध्यमले बतायो ।

अन्तिम संस्कार गर्ने संस्था लिन्दोखुल फ्युनरल फुन्डाइल माकालानाका मालिकले भने, ‘जब हामीले उनको शरिरलाई शवगृहको ट्रेबाट कफिनमा राख्न खोज्यौं तब हामीले उनको दुई खुट्टाको बीचमा भर्खरै जन्मिएको बच्चा भेट्यौं ।’

‘बच्चाको मृत्यु भइसकेको थियो । हामी निकै चकित र डराएका कारण बच्चाको लिङ्ग पनि हेर्न सकेनौं ।’

‘म यो व्यवसायमा लागेको २० वर्षभन्दा धेरै समय भइसक्यो तर मैले कहिले पनि मृत्यु भइसकेको महिलाले बच्चालाई जन्म दिएको घटना देखेको वा सुनेको छैन ।’

यो अपत्यारिलो घटनाले उनकी ७६ वर्षीया आमा मान्डजालालाई थप पीडामा पार्यो ।

उनी भन्छिन्, ‘हामी शिक्षित वर्गमाझ यो बुझाइदिन आग्रह गर्न चाहन्छौं कि मृत्यु भइसकेकी एक महिलाले कसरी आफ्नो सन्तानलाई जन्म दिन सक्छिन् ।’

‘म अहिले ७६ वर्ष पुगिसकेकी छु र कहिले पनि यस्तो घटनाबारे सुनेको थिइनँ । मेरी छोरीलाई नै यस्तो किन भयो ?’

Comments