कथा काठमाडौँ’को गीत रिलिज पछि मौन प्रियंका,के गीत चाँडै रिलिज नहोस् भन्ने चाहन्थीन् ?









आइतबार राजधानीमा एक विशेष कार्यक्रमबिच चलचित्र ‘कथा काठमाडौँ’को गीत सार्वजनिक गरियो । इन्दिरा जोशीको आवाजमा रहेको उक्त चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकारद्धय प्रियंका कार्की र प्रमोद अग्रहरी बिचको इन्टिमेट सिनहरू देखाइको छ ।

गीत युट्युबमा सार्वजनिक भएसँगै यसले मिश्रित प्रतिक्रिया पाइरहेको छ । युट्युबमा धेरैले अभिनेत्री प्रियंका कार्कीलाई ‘छाडा।।’ भन्दै गाली समेत गरेका छन् । प्रियंका हाल कार्यक्रम विशेषले अमेरिका छन् । उनी गीत सार्वजनिक कार्यक्रममा पनि उपस्थित भइनन् ।

गीत सार्वजनिक भएसँगै प्रियंका यस गीतलाई लिएर मौन छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने कार्कीले आफ्नो फेसबुक, इन्टाग्राम लगायत केहीमा पनि गीत सेयर गरेकी छैनन् । बुझिए अनुसार प्रियंका यो गीत यतिचाँडै रिलिज नहोस् भन्ने चाहन्थिन् । अझ विशेष उनको केही दिन अघिमात्र नायक आयुष्मान देशराजसँग इन्गेजमेन्ट भएको थियो । आयुष्मान पनि चलचित्र ‘कथा काठमाडौँ’का नायक हुन् । गीत रिलिज भएसँगै प्रियंका र आयुष्मान दुवैले सामाजिक सञ्जालमा केही गीत बारे केही प्रतिक्रिया दिएका छैनन् ।

Comments