‘मन मगन’ गीतबाट भाईरल भएको डान्स ग्रुप पहिलो पटक मिडियामा, काटुन्ज क्रुलाई दिए यस्तो च्यालेन्ज (भिडियो)



यतिबेला केहि डान्स ग्रुपहरु निकै चर्चामा छन् । सर्वाधिक चर्चामा रहेको कार्टुन क्रुजको उहि खालका भिडियोहरुले दर्शकहरु केहि हदसम्म निराश छन् भने भिमफेदी गाईजको धेरै भिडियो निर्माणले उनीहरुको लोकप्रियता कम गराएको छ । पोखराको क्रिस्टल क्लजको कन्सेप्टको तारिफ हुन्छ भने अष्ट्रेलियाबाट भिडियो निर्माण गर्ने द नेक्स्ट पनि चर्चामै छ ।

यसैबिच अर्को डान्स क्रुले यतिबेला बजार तपाईरहेको छ । दिपक बज्राचार्यको चर्चित गीत मन मगनको कभर डान्स निकालेर बजार खाएको डान्स ग्रुप भाईभ एण्ड वेभको अर्को भिडियो पनि यतिबेला ट्रेन्डिंगमा छ । दिपक बज्राचाईकै गीत मायाको डोरीले, ओ अमिरा जस्ता गीतको रिमेकमा उक्त गीत उत्कृष्ट डान्स कभरका साथमा बजारमा आएको दर्शक प्रतिक्रिया छ ।

यसैबिच युटुब च्ययानल नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारीले यो चर्चित ग्रुपसँगको अन्तर्वार्तासार्वजनिक गरेका छन् । जहाँ उनीहरुले नाचेर, गाएर, क्यारिकेचर गरेर सुनाएका छन् । साथै उनीहरुको संघर्षको कुरा पनि भिडियोमा समावेश छ ।

Comments