म मोटी केटी थिएँ.. ११ बर्षको उमेरमै मलाई एउटा .. उमेर पुगेकाले पुरुषहरुले मात्र हेर्नु म मोटी केटी थिएँ । त्यसैले सायद मेरा स्तन मेरै उमेरकी केटी भन्दा चाँडै विकसित भए । ११ वर्षको उमेरमा मलाई एउटा ब्राको जरुरी भयो । मेरी आमाले सदा यसलाई पहिरन अह्रानुभयो । अहिले पनि आमा त्यसरी नै कराउनहुन्छ, ‘सेप खराब होला ।’ सेप भनेको के ? इमान्दारीका साथ भनूँ मेरा स्तन सधै उस्तै देखिन्छन् । हिलाको एउटा अंग बाँध्ने(ब्रा)लाई सेक्सी भनिनु भ्रमपूर्ण प्रचार हो । ब्रालाई अक्सर सेक्सी भनिन्छ ।
अबहाम्रो स्तन हाम्रो रहेन, पवित्रता, पाप वा लाजका कारण । मेरो स्तनका लागि सधैं आमाको अनुमति जरुरी भयो । कहिल्यै मैले मेरा स्तन मेरा अनुसार राख्न पाइनँ । मेरा बा र छिमेकीको उपस्थितिमा मैले ब्रा पहिरनै पर्ने भयो । उनीहरुका अघि म कहिल्यै भित्र ब्रा नलाएर बाहिर अर्कै लुगाका साथ पनि उपस्थित हुन सकिनँ । मेरा स्तनलाई सार्वजनिक सवारीमा पुरुषबाट सुरक्षाको जरुरी भयो, जसले मलाई अपनमान गर्न चाहन्छ । मेरा सबै प्रेमी, जो मेरा स्तनको तारिफका गरेर कहिल्यै थाकेनन् । उनीहरु मेरा स्तनप्रति दिवाना थिए । म कल्पना गर्थें कि मेरा सन्तान कस्ता होलान्, जब मेरा सन्तान हुन्छन् उनीहरु मेरो छातिसँग जोडिएका स्तनको दूध पिउँछन् ।
उनीहरुले स्तन गिलो बनाइदिए वा दाँतले टोकेर, नंग्राले चिथोरेर निशान बनाइदिए के होला ! किन स्तनका बारेमा पुरुषको कल्पना पनि यसैगरी उनीहरुकी आमाका साथ जोडिएर सुरु हुँदैन ? सबै महिलाको स्तन सिर्फ पुरुषको आवश्यकतता र उनका इच्छाका लागि हुन्छन् । हरेक केटीको नारीत्वको दुःखपूर्ण यात्राको सुरुवातको प्रतिक हो स्तन । हाम्रा स्तनलाई किन सिर्फ शारीरिक नजरले मात्रै हेरिन्छ, यसमा अरु केही छैन ?
किन हरेकले शरीरको यो भागमाथि दावी गर्न चाहन्छ ? मैले यो कुरा बुझिरहेकी छैन, एक महिला अर्की महिलालाई किन भन्छे, ‘तिम्रा स्तन साह्रै सुन्दर छन् ।’ वा उत्साहका साथ कराउँछे– वाह, हेर त कति राम्रा स्तन !’ ठीक यसैगरी सिलिकन इम्प्लान्ट हामी सिर्फ पोर्न स्टार वा हिरोइनका कामका सम्झिन्छौं । किन फ्ल्याट छाती भएकी महिलालाई ‘म्यानचेष्टर’ भनिन्छ ? नग्नता संस्कृतिकै नयाँ लाजलाग्दो अवधारणा हो । पहिले यसलाई कला र उत्साहका रुपमा लिइन्थ्यो ।
वास्तवमा यो पनि भनिन्छ ब्लाउजको प्रचलन आउनुअघि महिला माथिको कपडा पहिरदैनथे । महिला टपलेस रहेकोमा लाज पनि मान्दैनथे । प्राचीन मूर्ति हेर्नुहोस् एकपल्ट, तपाईंहरु थाहा पाउनुहुनेछ म के भन्ने चाहन्छु ? १८–१९औं शताब्दीमा महिलालाई स्तन ढाक्न मनाही थियो । ब्राह्मण छाडेर कोही पनि हिन्दू महिला आफ्ना स्तन छोप्ने बारेमा सोच्दैनथे– यस्तो गर्दा शालिनता गुमाएको आरोप खेप्नुपथ्र्याे । उच्च जातिकी महिला भने एउटा सेतो कपडाल स्तन छोप्न सक्थे ।
मालाबारमा कुनै महिलालाई आफ्ना स्तन छोप्ने अनुमति थिएन । अय्या वैजुंदरकोअ सर्थनमा केही समुदायले महिलाले पनि माथिल्लो शरीरमा समेत कपडा लगाउन पाउनुपर्ने भनेर लडाइ नै गरे । यसको प्रतिरोधमा १८१८मा उच्च जातिकाले हमला नै गरेका थिए । विभिन्न लडाइँका बाजुद १६ १५९मा मद्राका गर्भनरको दबाबमा त्राणकोरका राजाले घोषण गरे– सबै महिलाले माथिल्लो शरीरमा पनि लुगा लगाउन पाउनेछन् । तर, एउटा शर्त थियो, उच्च जातिका महिलाको पहिरनसँग मेल खानुहुँदैन । आज हामी अर्काे एउटा लडाइँ लडिरहेका छौं ।
यो सामग्री उनले नियमित लेख्ने आईचोक.इनबाट नेपाली रुपान्तरण गरिएको हो । फरक मत राख्ने रुचाउने लेखिका उपन्यासकार समेत हुन्
यो पनि पढौ,,
परिवार स्वास्थ्य महाशाखाका डा. झलक शर्मा गौतमका अनुसार बर्षेनी ६ लाख नेपाली महिला गर्ववती हुने गर्दछन् ।
पछिल्लो जनसांख्यिक सर्वेक्षणअनुसार नेपालमा २५ प्रतिसत गर्भ योजनाबिनै रहने गरेको छ । यसको अर्थ हो नचाहदा नचाहदै डेड लाख महिला गर्भवती हुन्छन् । कूल गर्ववती मध्ये १० प्रतिशत अर्थात ६० हजारले गर्भपतन गराउंदछन् । असुरक्षित गर्भपतनका कारण केहीको ज्यानै जाने गरेको छ भने अधिकांशको पाठेघर झिक्नुपर्ने हुन्छ । पछिल्लो समय आफुखुशी गर्भपतनको ट्याब्लेट प्रयोग डरलाग्दो समस्या बनेको छ । औषधी पसलमा सजिलै पाइने र सुटुक्कै खान सकिने हुंदा अवैधरुपमा गर्भ रहेका तथा स्वाश्थ्य जटिलताका बारेमा ज्ञान नभएकाहरुले आफुखुशी ट्याब्लेट प्रयोग गर्ने गरेका छन् । प्रसुति गृहका निर्देशक डां जागेश्वर गौतमका अनुसार चिकित्सकको प्रेस्क्रिप्सनको आधारमा ट्याब्लेटको प्रयोग गरी ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । तर आफुखुशी प्रयोग गर्दा वा समय गुज्रिसकेपछि प्रयोग गर्दा ट्याब्लेटको प्रयोग जोखिमपूर्ण हुने उनको भनाइ छ । मनलाग्दी ट्याब्लेट प्रयोग गर्ने र समस्या बल्झिएपछि अस्पताल धाउनेको संख्या बढेको गौतमको बताउंछन् ।
मिफेप्रिस्टोन, मिजोप्रोस्टोललगायतका औषधी गर्भपतनमा प्रयोग हुन्छन् । गर्भ रहेको थाहा पाएपछि यि औषधी पसलबाट किन्ने र खाने प्रवृत्ति बढेको छ । प्रसुति गृहका निर्देशक गौतमका अनुसार यि औषधी चिकित्सकको पुर्जाबिना बिक्री गर्न पाइदैन तर सिटामोलको गोटी झैं सहजै किनबेच हुने गरेको छ । सूचीकृत बिक्रेताले गर्भपतन सेवा प्रदान गर्ने अनुमति पाएका स्वाश्थ्य संस्थाको इजाजत प्राप्त स्वाश्थ्यकर्मीको सिफारिसमा मात्र औषधि बिक्री बितरण गर्न पाउने नियम भएपनि नियमको पालना नभएको कान्तिपुरमा खबर छ ।
औषधि व्यवश्था विभागबाट इजाजत लिएका थोक बिक्रेतामध्येबाट यस्ता औषधिको बिक्री, बितरण र आपूर्ति गर्ने व्यवश्था मिलाइनुपर्ने नियम छ । तर, विभागमा सूचीकरण नभएका औषधी र बिक्रेताको मनपरी पाइएको छ । महिलाको स्वाश्थ्यमा गम्भीर असर पार्ने यस्ता औषधिको विक्रीबितरण नियमन गर्न अतिआबश्यक रहेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. अरुणा कार्कीले सुझाइन् । नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष बाबुराम हुमागाईंका अनुसार बिनापुर्जा गर्भपतनको औषधि बेच्ने व्यक्तिलाई न्यूनतम पांच बर्ष कैद, जरिवाना वा दुबै वाअधिकतम जन्मकैदसम्म हुनसक्छ । अहिलेसम्म औषधि विक्री गरेकै आधारमा कसैलाई कारवाही भएको छैन ।
कानुनमा के छ ?
गर्भपनको चक्की डाक्टरको सिफारिसबिना बेचे ५ बर्ष कैद
१२ साता अर्थात तीन महिनासम्मको गर्भ पतन गर्न सकिन्छ ।
बलजफ्ती वा हाडनाता करणीबाट रहन गएको १८ साता सम्मको गर्भलाई पतन गर्न सकिन्छ ।
गर्भपतन नगराए महिलाको ज्यानमा, शारीरिक वा मानसिक रुपले स्वाश्थ्यमा असर पर्ने वा विकलांग बच्चा जन्मने अवस्था भएमा योग्यता
प्राप्त चिकित्सकबाट जुनसुकै अवधिको गर्भपतन गराउन सकिन्छ ।
Comments
Post a Comment