स्पोर्ट सिटीको रुपमा घोषणा गरिएको दाङको तुलसीपुरमा बन्ने भयो २४ करोडको रंगशाला, सभामुख कृष्णबहादुर महराले गरे रंगशालाको शिलान्यास
दाङं । स्पोर्ट सिटीको रुपमा घोषणा गरिएको दाङको दाङको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा खेलकुद रंगशाला निर्माण हुने भएको छ । ८ महिना भित्र काम सक्नुपर्ने गरि राष्ट्रिय खेलकुद परिषदको २४ करोड बढिको लागतमा बेलझुण्डी एथलेटिक्स ट्रयाक एण्ड फिल्ड निर्माण हुने भएको हो ।बुधबार सभामुख कृष्णबहादुर महराले रंगशालाको शिलान्यास गरेका छन् । सेन्थेटिक एथलेटिक्स ट्रयाक निर्माण, फुटबल मैदान निर्माण, नालि निर्माण, भिआईपी प्याराफिट निर्माण, खेलाडी चेञ्जिङ्ग रुम, बैठक कक्ष, भिआईपीरमिडिया घर निर्माण र साधारण प्याराफिट निर्माण हुने छ । मैदान निर्माणको ठेक्का दिवारएम।रप्रतिष्ठान जे।भि काठमाण्डौँले पाएको छ ।
रंगशालाको शिलान्यास गर्दै सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सकिने बताए ।‘नेपाललाई खेलकुदकै हब बनाउन सकिन्छ’उनले भने–‘धेरै सम्भावना छ । हामी यस दिशा तर्फ पनि अघि बढ्नुपर्छ ।’
दाङको तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटीको रुपमा घोषणा गरिएको भन्दै सभामुख महराले देशका धेरै शहरलाई खेलकुद शहरको रुपमा विकास गर्न सकिने वताए । रंगशाला उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित खेल क्षेत्रसँग सम्बन्धित अन्य निकायका प्रमुखहरुको सहभागिता थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आउदो मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरु रहेको भन्दै शिलान्यास गरिएको रंगशालामा प्रतियोगिताको समापन आयोजना गरिने जाकारी दिए ।
Comments
Post a Comment