महोत्तरीमा अत्यधिक गर्मीले जनजीवन प्रभावित, तापक्रम ४२ डिग्री पुग्यो
महोत्तरी । महोत्तरी जिल्लामा तीन दिन यता बढेको अत्यधिक गर्मीसंगै चलेको तातो हावाले जनजीवन प्रभावित भएको छ ।
पछिल्लो तीन दिन यता जिल्लामा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । चर्को घाम र मध्यान्हमा चल्ने तातो हावाको कारण सर्वसाधारण घर बाहिर निस्कनसमेत समस्या भएको छ ।
विगत दुई हप्तादेखि यस क्षेत्रमा पानी नपरेको कारण तापक्रममा वृद्धि भएको हो ।
बढ्दो गर्मीको कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत केही दिन देखि प्रभावित बनेको छ । महोत्तरी तीन दिनदेखि अस्वभाविक रुपमा तापक्रम बढेको र सर्तकता अपनाउन सुझाव चिकित्सकहरुले सुझाव दिएका छन् ।
Comments
Post a Comment