नागिनकी मौनी रोय ‘मेड इन चाईना’ मा आउँदै

साउन ३, काठमाण्डौ । अक्षय कुमार स्टारर फिल्म गोल्ड मार्फत बलिउडमा डेब्यू गरिकी मौनी रोय अभिनेता राजकुमार रावसँग जोडिने भएकी छिन् । भारतिय मिडीया अनुसार मौनीले ‘मेड इन चाईना’ नामक फिल्ममा अभिनय गर्ने भएकी छन् । फिल्ममा मौनी राजकुमार रावको श्रीमतीको भुमिकामा देखिने छिन् । मिखिल मुसले निर्देशन गर्ने उक्त फिल्ममा दिनेश विजानको लगानी रहने छ । फिल्मको छायांकन भारतको मुम्बईबाट सुरु गरिने छ भने गुजरात र चीनमा पनि छायांकन हुने निर्माण टिमले बताएको छ । फिल्म सेप्टेम्बरबाट फ्लरमा जाने भएको छ । भारतीय टिभी सिरियल नागिनकी नायिका रुपमा रोयले परिचित छिन् ।

Comments