‘धड्क’ हेरेपछि एक डाक्टरले समिक्षाका लागि श्रीदेवीको आत्मासँग माफी मागे



दिवंगत नायिका श्रीदेवीकी छोरी जान्ह्वी कपुर र शाहिद कपुरका भाइ इशान खट्टरको फिल्म ‘धड्क’ ले पहिलो दिन बक्स अफिसमा ८.७१ करोड भारुको व्यापार गर्यो । फिल्म समिक्षकले यसलाई चारमा ३.५ रेटिङ पनि दिए । थुप्रै सेलिब्रिटीले जान्ह्वी र इशानको कामका लागि तारिफ पनि गरिसकेका छन् । अब फिल्म हेरेपछि मानिसहरुले यसबारे प्रतिक्रिया पनि दिन थालेका छन् । यसमा भोपालका आयुर्वेदिक डाक्टर अबरार मुल्तानीको नाम पनि समावेश छ । उनले फिल्मको अन्त्यलाई हात–खुट्टाबिहिन बताएका छन् ।

फिल्मबारे यस्तो लेख्छन् अबरारः

अबरार मुल्तानीले फेसबुकमा लेखेका छन्, ‘जब जब इशान रुन्थे हलभित्रका मानिसहरु त्यति नै बेला हाँस्थे । फिल्ममा दुबै (मधुकर–पार्थवी) का बच्चा एकपटक पनि हाँसेको देख्न पाइएन । यसबाट थाहा हुन्छ कि चाइल्ड साइकोलोजीबारे निर्देशकलाई रत्तिभर पनि थाहा छैन । फिल्ममा राजस्थानी भाषा जबर्जस्ती लादिएको छ किनभने उदयपुरमा यतिधेरै राजस्थानी कोही पनि बोल्दैन । यसको शिक्षा दंगलबाट लिन सकिन्छ । अन्त्यमा इशान र उनको छोरालाई मारिन्छ, यति नै बेला मानिसहरु सबैभन्दा बढी हाँस्छन् किनभने हातखुट्टा बिना फिल्म अन्त्य भएको छ ।

‘दुबैले भाग्ने क्रममा मौका पाउने बित्तिकै निदाए, मेडिकल हिसाबले हेर्ने हो भने यो सबैभन्दा राम्रो पक्ष हो । यति धेरै तनावमा निन्द्रा अपरिहार्य हुन्छ । यसबारे मैले धेरैलाई सल्लाह पनि दिने गरेको छु । यो समिक्षाका लागि म श्रीदेवीको आत्मासँग माफी माग्न चाहन्छु । सरी म्याम । एकपटक हेर्नुहोस् साथीहरु, ताकि अर्कोपटक तपाईंहरु मेरो समिक्षामा शंका गर्नुहुन्न ।’

कमजोर क्लाइमेक्सः

अन्य फेसबुक प्रयोगकर्ता तैयब पटेलले लेखे, ‘जान्ह्वी कपुरको फिल्म ‘धडक’ सायद ती दर्शकलाई मनपर्ला जसलाई मराठी फिल्म ‘सैराट’ बारे केही थाहा छैन । धडक आफ्नो मूल कृतीबाट निकै पछि छ । सैराटको अर्थ जंगली, अनपढ, पागल हो । यो नै यो फिल्मको आत्मा थियो जसलाई मराठीमा एक अति साधारण अनुहारको १० कक्षाकी छात्रा रिंकु राजगुरुले जिवन्त गरेकी थिइन् । तर जान्ह्वीले त्यसो गर्न सफल भइनन् । ’

– ठूलो ब्यानरका कारण फिल्मलाई अनावश्यक रुपमा भव्य बनाउने कोसिस गरिएको छ । जसका कारण फिल्म स्लो भयो । मूल फिल्ममा सबैभन्दा सशक्त दृश्य त्यसको क्लाइमेक्स थियो जुन देखेर दर्शक स्तब्ध भएका थिए । त्यसलाई पनि अनावश्यक क्रियाकलापमार्फत कमजोर बनाइयो ।’

Comments