भिडियो अन्त्यमा छ
२ पानी जहाज, १ हाईड्रो, अमेरिकामा जन्मेको भन्दै चेली फसाउने यी फटाहा- कानुन मन्त्री लाईभ ! (भिडियोसहित)
प्र्राणीहरु प्रति मानव जगत अति नै क्रुर भएको देखिन्छ । विकसित देशमा जनवारहरुको अधिकार कागजमा लेखिएको मात्र छैन, त्यसलाई पालन गर्ने निकाय कडा छ ।
ती देशहरुमा जनावरहरुलाई प्रताणित गर्ने, कुटपिट गर्ने त परै जाओस, वेवास्ता गर्ने वा उचित स्याहार सुसार नगर्नेहरुले पनि दण्डीत हुनु पर्छ । आज म एउटा दुखद दृष्टान्त प्रस्तुत गर्न चाहान्छु । मानिसका मुद्धा र मानिसका समस्याको यो हुलमा के तपाईसँग २÷४ मिनेट ट्रकमा राखेर चरम यातना दिदै ओसार पसार गरिने राँगा भैसीहरुको पीडा सुन्ने धैर्य, समय र मुटु छ ?
अवोध र निर्दोश ती प्र्राणीलाई एक ठाँउबाट अर्को ठाँउमा लगेको दृश्य र तस्वीर हेर्न नसकेर तपाई आँखा बन्द गर्नुहुन्छ होला तर ती जनावर विशेष गरी ट्रकमा ढुवानी गरिने जिउंदा रागा भैसीहरुले तपाई र मलाई टोलाएर हेरिरहन्छन् । हेरी मात्र रहदैनन, केही बोल्छन् पनि र भन्छन्, हे टाउको भित्र दिमाग र दिमाग भित्र चेतना भएको मान्छे, तिमी यती विवेक भएर पनि कति क्रुर छौ ।
मेरो पीडा हेर्न नसकेर तिमीले आँखा बन्द गर्दैमा मेरो दुख घटछ ? के प्र्रकृतिले विधाताले अथवा भगवानले यो पृथ्वी तिम्र्रा लागि मात्रै बनाएको हो ? तिमीलाई प्राणीमा सर्वश्रेष्ठ ठानेर विवेक यसकारण मात्र हालिदिएको हो कि, यो धर्तीलाई तिमी आँफु मात्र बाँच्न सहज ठाँउ बनाउ ?
बोल्न नसक्ने ती जनावहरुले, पशुहरुले यसै गरी प्रश्न गरिरहेका छन् । तर तिनले बोलेको आवाज सुन्न हामीले कहिल्यै पनि सकेनौ । मासु खान भनि केही घण्टा पछि बध गरिने जनावरलाई यति ठुलो यातना दिएर ढुवानी गरिदा पनि अनुगमनकर्ताहरु चुपचाप छन् । आफ्नो अथवा आफ्नो सन्तानको खुट्टाको कान्छी औलाको नङनेर सानो घाउ हुँदा छटपटाउने रुने मान्छेले नाक छेडेर रगत चुहाउँदै डोरीले बाँधेर पुच्छर बाँधेर, मुख थुनेर, फलामे डण्डीमा जीउ कसेर चरम यातना दिएर ट्रकमा ल्याइएका रागा भैसीलाई कसरी हेर्न सक्छन् ?
आफ्नो सन्तान अलिकति लडेर घुडा दर्फरायो र अलिकति छाला उप्कियो भने पनि आकाशै खसे जस्तो चिच्याउने र कराउने, उस्तै परे इमरेजेन्सी मै दौडाउन तयार हामी मान्छेले आँखाभरी रगत मिसिएको आँशु चुहाउदै थङ थिल्लो हुने गरी कुटाई खादा पनि नकराओस् भनेर मुख बाँधेर ट्रकमा कोचेर ल्याइएको राँगा भैसीका मासु मुख मिठ्याइ मिठ्याई खायौ र खादैछौ । तर प्र्राणी माथी भएको यस्तो चरम यातना बारे आवाज निकाल्नु पर्ने मुख मासुका चोक्टाहरुले भरियो, झोलले सर्कियो, सायद त्यसैले होला हामी बोलेनौ चुईक्क बोलनौ ।
मासु खानेले खाऔ नखानेले नखाऔ । त्यो आफ्नै स्वतन्त्रताको कुरा हो तर बोल्न नसक्ने जनवारलाई रगताम्य पारेर, पिट्नुसम्म पिटेर, नाक छेडेर, मुख बाँधेर यातना दिन कदापी पाइदैन । पशु ढुवानीको मापदण्ड छ, त्यसको अक्षरस पालना हुनु पर्छ ।
ल हेर्नुहोस दाँतभित्र कीराहरू कसरि गुफा बनाएर बस्छन ? ( भिडियो सहित ) सक्दो सेयर गरौ

Comments
Post a Comment