बलिउड यशराज फिल्म्सले यी दुई कलाकारलाई लिएर चलचित्र ‘शमशेरा’ दर्ता गरेको छ, जसलाई आदित्य चोपडाले निर्माण गर्दैछन् ।
हाल प्रर्दशन भैरहेको चलचित्र सञ्जु सञ्जय दत्तको जीवनमा आधारित छ । उक्त चलचित्रमा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निर्वाह गरेका छन् । यी दुई अभिनेता २०२० मा एकसाथ एउटा प्रोजेक्टमा देखिने पक्का भएको छ ।
यशराज फिल्म्सले यी दुई कलाकारलाई लिएर चलचित्र ‘शमशेरा’ दर्ता गरेको छ, जसलाई आदित्य चोपडाले निर्माण गर्दैछन् । उक्त चलचित्र २०२० को ३१ जुलाईमा प्रदर्शन हुने स्रोतले जनाएको छ ।
२०१९ को मध्यतिर छायांकनमा जाने यो चलचित्रमा रणवीरले लुटेराको भूमिका निर्वाह गर्ने बताइन्छ । करण मल्होत्राले निर्देशन गर्ने चलचित्र शमशेरा अहिलेदेखि नै प्रतीक्षित चलचित्र भैसकेको छ ।
http://bit.ly/2JMkx62
Comments
Post a Comment