साउन ४, काठमाण्डौ । पछिल्लो समय नेपालमा मात्र नभई बिदेशमा समेत व्यापक चर्चामा आएकी रक गायिका सरस्वती लामाको नाम नसुन्नेहरु कमै होलान् । स्टेज कार्यक्रमबाट बढी चर्चामा आएकी लामाको स्वरमा रहेको “कोहिले भन्छ्न भैंसी मलाई ,कोहिले भन्छ्न हाती ” बोलको गित सार्वजनिक भएको छ । बेला बखत आलोचीत र बिवादित बन्ने गरेकी गायिका लामाको उक्त गीत युट्युबमार्फत सार्वजनिक भएको हो ।
गितमा बिजय तामाङको शब्द भरेका छन् भने बुद्ध स्याङबाको एरेन्ज तथा कम्पोज रहेको छ । यस गीतमा सरस्वती लामा, महादेव त्रिपाठी ,पेम्बा शेर्पा ,केशव जाङबु एन शेर्पाको मनमोहक कमेडी अभिनय देख्न पाइन्छ । सरसस्वती लामा आफ्नो बोल्ड अवतार र पहिरनले बेला बेलामा चर्चामा आउने गर्दछिन् । आलोचना खेपी रहने भएपनि लामा प्राय जसो नेपालको मेला,जात्रा,महोत्सव स्टेज प्रोग्रामहरुमा सर्वाधिक ब्यस्त हुन्छिन्
Comments
Post a Comment