बिहीबार दिउँसो ४ बजे चावहिल चुच्चेपाटीमा शंकास्पद अवस्थामा राज लामा र म्लाङसिङ लामा पक्राउ परेको र उनीहरुको दिएको सूचनाको आधारमा १ किलो नक्कली सुनसहित टासी शेर्पा पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । पक्राउ परेकाहरु यसअघि पनि ठगी र लुटपाटमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ । राज लामाविरुद्ध वौद्ध र महाराजगञ्ज प्रहरीले ठगी आरोपमा पहिले पनि मुद्दा चलिसकेको थियो । टासी लाक्पा शेर्पाले २०५८ सालमा आफ्नै फुपूलाई कर्तव्य गरि मारेकोमा १० वर्ष जेल सजाय भुक्तान गरी निस्केको र हाल डकैती तथा चोरी , लुटपाटमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
Comments
Post a Comment