अब पुरुषले पनि दुई ओटा श्रीमती बिहे गर्न पाईने (पुरा पढ्नुहोस्)



एजेन्सी । दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तोल अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।

देउवाले भने- डा. केसीका माग जायज छन्, त्यसमा हाम्रो साथ रहिरहन्छ

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई पुनः दवाव दिएका छन्।

सभापति देउवाले जीवन रक्षाका लागि पनि वरिष्ठ चिकित्सक केसीको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारसँग जोडदार माग गरे। शुक्रबार अपरान्ह वरिष्ठ चिकित्सक केसीको महाराजगंजस्थित शिक्षण अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझेपछि उनले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरुको साथ रहने अडान पनि दोहो–याए।

सभापति देउवाले संचारकर्मीहरुमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताकोतस्तै नआए मान्य नहुने चेतावनी पनि दिए।

सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आह्वान गरे। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको जस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ।

Comments