बासी रोटी खानुका यस्ता छन् अपत्यारिला फाइदाः पेटको समस्या हटाउँछ, मधुमेह नियन्त्रणमा राख्छ



तपाईंलाई धेरैले बासी खाना नखान सल्लाह दिनुभएको होला । बासी खाना वा रोटी दुबै स्वास्थ्यका लागि खराब मानिन्छन् । खाना पकाएको १२ घण्टा पछि खाँदा फूड पोइजनिङ, एसिडिटी र पेट खराब हुने सम्भावना हुन्छ । यतिमात्र होइन बासी खानालाई तातो बनाएर खाँदा स्वास्थ्यमा घातक क्षतीसमेत पुग्ने गर्दछ ।

तर तपाईंलाई सुन्दा अचम्म लाग्ला, सबै बासी खाना स्वास्थ्यका लागि हानिकारक हुँदैनन् । केही खानेकुरा यस्ता पनि हुन्छन् जुन बासी खाँदा स्वास्थ्यलाई बढि फाइदा पुग्छ । जसमध्ये एक हो गहुँ । नेपालमा धेरैजसो घरमा गहुँको आँटाको रोटी बनाइन्छ । यसका साथै धेरैजसो नेपालीको आवश्यकताभन्दा बढि खाने बानी पनि हुन्छ । जसका कारण धेरैको घरमा खाना वा रोटी बाँकी हुने गर्दछ । बाँकी भएका रोटी फ्याँक्ने गरिन्छ वा कुनै जनावरलाई खुवाइन्छ । तर हामी तपाईंलाई बासी रोटीका यस्ता फाइदाबारे जानकारी दिँदैछौं जसबारे थाहा पाएपछि तपाईं बासी रोटीलाई फ्याँक्नुको साटो आफै खानुहुन्छ ।

बासी रोटी खानुका फाइदा यस्ताः

१. दुधसँग बासी रोटी खाँदा ब्लड प्रेशर नियन्त्रणमा हुने गर्दछ । बासी रोटीलाई १० मिनेटसम्म दुधमा भिजाउनुहोस् । बिहानको नास्तामा भिजेको रोटी खानुहोस् । यस्तो गर्दा तपाईंको उच्च रक्तचाप नियन्त्रण हुन्छ ।

२. हाम्रो शरिरको साधारण तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । तापक्रम ४० भन्दा बढि हुँदा हाम्रो शरिरको महत्वपूर्ण अंगलाई क्षती पुग्ने गर्दछ । दुधमा भिजाइएका बासी रोटीले शरिरको तापक्रमलाई नियन्त्रणमा राख्न निकै प्रभावकारी साबित हुन्छ ।

३. जसलाई लगातार पेट दुखिरहन्छ उनीहरुका लागि बासी रोटी निकै फाइदाजनक हुन्छ । राती सुत्नुअघि दुधमा भिजाइएको बासी रोटी खाँदा कब्जियत र ग्यासको समस्याबाट राहत पाइन्छ ।

४. मधुमेह रोगीले बासी रोटी खाँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । दिनको कुनै पनि समय बासी रोटीलाई १० देखि १५ मिनेटसम्म दुधमा भिजाएर खाँदा ब्लड सुगरको स्तर नियन्त्रणमा रहन्छ ।

Comments