बिवाहकै रात दुलहीले छोरा जन्माउँदा यस्तो हंगामा

साउन ४, काठमाण्डौ । सिरहा सुखिपुर नगरपालिका ४ मा बिहे गरेर घर भित्र्याएकै दिन बेहुलीले बच्चा जन्माएकी छिन् । स्थानीय उमेश मोचीले बिहे गरेर घर ल्याएकै दिन दुलहीले बच्चा जन्माउँदा हंगामा भएको  हो । उमेशले बरियारपटी गाउँपालिका ३ शिवनगरकी शोभा रामसँग जन्ती लगेर धुमधामका साथ विवाह गरेका हुन् । तर, उनले विवाहको हरेक प्रक्रिया पूरा गर्दा पनि दुलही गर्भवती रहेको थाहा पाएनन् । उनले बिहे गरेकी केटीसँग प्रेम पनि गरेका थिएनन्। तर, बिहे गरेर घर भित्र्याएकै दिन दुलहीले बच्चा जन्माएपछि गाउँमा मात्र होइन् देश विदेशमा चर्चा चुलिएको छ।
यो घटनाले उमेशका परिवार लज्जित बनेका छन् । उमेश भने घरबाट निस्कन समेत नमानेका स्थानीय एक युवकले बताए। बिहे गरेर घरमा भित्रिएकै दिन बच्चा जन्माएकी शोभा भने समस्यामा परेकी छन्। उनलाई श्रीमानले नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट माइत पठाएका छन्। शोभा घर फिर्ता भएपछि समाज तनावमा परेको स्थानीय नथुनी रामले बताए। उनले भने, ‘युवती हेरेर बिहे भयो। तर, कसैले थाहा पाएन। यो नै आश्चर्यको कुरा हो।’
उनले भने, ‘शोभासँग सोधपुछ गर्दा परोसी युवक उमेशसँग प्रेम गरेको र उनीसँगै यौनसम्बन्ध राख्दा गर्भ बसेको बताइन्। त्यसपछि अहिले शोभालाई उमेशको घर पठाएका छन्।’ उनले युवती जो युवकसँग प्रेम गरेका थिए, ति युवक साउदी पुगेका कारण समस्या सिर्जना भएको बताए। प्रेम गरेर गर्भवती बनाएका युवक उमेशले आफूले आएपछि बिहे गर्ने भनेर फोनमा प्रतिबद्धता समेत जनाएको उनले बताए।
प्रेम गरेर गर्भ बसालेका उमेशका बुबा राजकुमार मोची र शोभाका बुवा रामवली रामले ठूलो गल्ती गरेको निष्कर्ष निकाल्दै समाजले दुबै जनालाई जरिवाना गरेका छन्। युवतीका बुबासँग २ लाख ५० हजार र गर्भवती बनाएका युवकका बुबासँग २ लाख रुपैयाँ जरिवाना गरेको उनले बताए।

Comments